२४ श्रावण २०८३, आईतवार

लुम्बिनी प्रदेशले उत्कृष्ट कानुन निर्माण गरेको दाबी- सभामुख लुम्बिनी घर्ती

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०८:३५ मा प्रकाशित

लुम्विनी प्रदेश सभामुख लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले अन्य प्रदेशसभाको तुलनामा लुम्बिनी प्रदेशले उत्कृष्ट कानुन निर्माण गरेको दाबी गर्नुभएको छ ।

संघीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको प्रदेश सभा स्थापनाको तीन वर्ष (संघीयता कार्यान्वयनमा प्रदेश सभा विषयक) समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले लुम्बिनी प्रदेश कानुन निर्माणको क्रममा पहिलो हुने होडवाडीमा नलागी उत्कृष्ट कानुन निर्माणमा लागेको भन्दै अन्य प्रदेशको तुलनामा उत्कृष्ट कानुन निर्माण गरेको दाबी गर्नुभएको हो ।

संघीयता कार्यान्वयनमा सम्बन्धमा तीनै तहको सरकार महत्वपूर्ण रहेको भन्दै यदि कुनै एक तहको सरकार खारेज गरे संघियता अपुरो हुने बताउनुभयो ।

कार्यक्रममा सभामुख घर्तीले देश विकासका लागी एकात्मक राज्य संरचना प्रणाली असफल भएको बताउदै नयाँ राज्य संरचना अन्र्तगत संघीयता आएको भन्दै अब कुुनै हालतमा संघीयता खारेज गर्न नसकिने जिकिर गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x