वरिष्ठ पत्रकार पुर्ण लाल चुकेको कलम बाट
नेपालग्न्ज – अन्तत : विजया दशमीको शुभ साइटमा दुई दशक भन्दा बढी समयदेखि चलाउँदै आएको विभिन्न किसिम (हिरो होण्डा, भिक्टर, होण्डा लगायत) का मोटर साइकलहरुलाई परित्याग गर्दै विद्युतीय स्कुटर TVS iQube electric को नयाँ अनुभव गर्ने इच्छा पूरा भयो । नेपालगन्जमै पहिलो पटक ग्रेस एण्ड ग्लोबल ट्रेडिङ कम्पनीले ल्याएको पहिलो TVS iQube electric खरीद गर्ने अवसर जुर्यो । यसको लागि नेपालगन्जका उर्जाशील युवा व्यवसायीहरुद्वारा सञ्चालित ग्रेस एण्ड ग्लोबल ट्रेडिङ कम्पनीलाई धन्यवाद छ । 
विद्युतीय स्कुटर TVS iQube electric को मूल्य महँगो भए पनि करीब ५ घण्टामा फूल चार्ज गर्दा १०५ किलो मीटरसम्म चल्छ, चार्ज गर्न सजिलो छ, जहाँ पनि गर्न सकिन्छ, ४-५ युनिट विजुलीकाे करीब रू.४५/- खर्च हुन्छ । मितव्ययिताकाे हिसाबले पनि ठिक लाग्याे । आकर्षक छ, हल्का र चलाउन सजिलाे छ । वर्षको ५-६ पटक वृद्धि हुने पेट्रोलको मारबाट राहत पाइने महसुस गरेर मैले यही स्कुटर लिने निर्णय गरें । अब यसको साथमा दशैंको उपहार स्वरुप पहिलाे खरीदकर्ता भएकाेले कम्पनीले दिने वचन दिएको ‘स्मार्ट घडी’को पर्खाईमा छु ।
साइकल र मोटर साइकल यात्राको लामो अनुभव केही शेयर गर्न मन लाग्यो यहाँ: 
सन् १९९० मा पहिलो पटक लखनऊमा (नेपालगन्जमा यसको सप्लायर्स थिएन) किनेको हिरो होण्डा लखनऊका दुई जना हितैषी (राम कुमार नाग र सुरेश कुमार) ले नेपालगन्जसम्म ल्याइदिएका थिए । त्यसबेला भारतीय नम्बरका सवारी साधन नेपाल भित्राउन कडाई थियो । त्यसैले तत्कालीन एस.पि. रत्न शम्शेर राणा (पछि आइजिपी) ले सहयोग गर्नु भयो । भरखर खुलेको होटेल बाटिकामा ती दुई जनालाई खाना खुवाएर सोही दिन लखनऊ फर्केको सम्झना ताजै छ ।
अन्त्यमा, विजया दशमी, तिहार, नेपाल सम्वत्(११४४ तथा छठ पर्वको उपलक्षमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । समाजिक संजाल


