१ कार्तिक २०८३, शनिबार

वांग्लादेशमा हिन्दू धर्म माथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन , पुतला दहन

एसीपी संवाददाता

५ कार्तिक २०७८, शुक्रबार ०४:०९ मा प्रकाशित

रवि प्रकाश कसौधन, कृष्णनगर,

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघर चोकमा बाङग्लादेशमा भएको हिन्दू धर्मावलंबी माथी दमन र मठ मंदिर तोड फोड भएको बिरोधमा हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी द्वारा आज गोलघर चोकमा व्यापक बिरोध प्रदर्शन गर्नुका साथै वांग्लादेश कि प्रधानमंत्रीको पुत्ला समेत दहन गरिएको छ l

वांग्लादेशमा हिन्दू अल्पसंख्यक माथी गरिएको दमनको बिरोधमा प्रदर्शनकारी हरू विरोधका पोष्टरहरू हातमा बोकी मोमबत्ती बाली बिरोध प्रदर्शन गरेका थिए l

हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी ले प्रत्येक धर्मावलंबी हरू आ आफ्नो धर्मको संरक्षण संबर्धन गर्ने अधिकार रहेको, हिन्दू धर्मावलंबी माथी पटक पटक विभिन्न देशमा गरिएको दमन निन्दनीय रहेको बताउदै हिन्दू धर्मावलंबी माथी हुने दमन कदापि सहन नसक्ने बताए l प्रदर्शनकारी हरू हिंदू धर्म माथी भएको दमनको बिरोधमा चर्को नाराबाजीका साथ बिरोध प्रदर्शन गरेका थिए l

राष्ट्रीय प्रजातंत्र पार्टी कपिलवस्तु सचिव प्रेम शंकर शुक्ल, हिंदू युवा शक्ति कपिलवस्तु जिल्ला सदस्य अस्तिक पाण्डेय, हिन्दू युवा शक्ति कृष्णनगर नगर कमिटी सचिव हिमांशु श्रीवास्तव, शिवसेना नेपाल लगायत स्थानीय हरूको सहभागिता रहेको थियोl

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x