२ कार्तिक २०८३, आईतवार

शुरूमा भाषाको समस्या देखाएर चिनले गरेको अघोषित नाकाबन्दी कहिले सम्म

एसीपी संवाददाता

६ पुष २०७८, मंगलवार १६:३५ मा प्रकाशित

०६ गते पौष २०७८ । दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखिन्छ।

चीनसँगको व्यापारिक नाका रसुवागढीमा नियमित कारोबार शुरू भएको ७ वर्ष भयो। १२ वैशाख २०७२ को भूकम्पले नाकामा क्षति गरेका कारण आयात तथा निर्यात दुवै रोकिएको थियो। त्यसको ८ महीनापछि नाकामा पुनः कारोबार शुरू भयो।
लगत्तै चीनबाट आउने सामग्री चिनियाँ भाषामा मात्र लेखिने भएकाले अङ्ग्रेजी भाषा पनि समावेश गर्नुपर्ने भन्दै रसुवा भन्सार कार्यालयले चिनियाँ खाद्य सामग्रीको आयातमा कडाइ गर्‍यो।
नेपाली पक्षले भाषाको समस्या देखाएर सामान आयातमा कडाइ गरेपछि चिनियाँ पक्षले पनि भाषाको कारण देखाउँदै २०७६ साउनदेखि नेपाली सामग्रीको निर्यातमा रोक लगायो।
शुरूमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले निर्यातमा रोक लगाएको थियो। तर, कोभिड–१९ का कारण दुई वर्षअघि लगाएको रोक चिनियाँ पक्षले अझै खोलेको छैन।
आयातको तुलनामा निर्यात निकै कम हुने भए पनि चिनियाँ बजारमा नेपाली सामग्रीको माग बढ्दै गएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए। “निर्यात ठप्प भएपछि नेपाली व्यवसायी मर्कामा परेका छन्,” उनले भने, “हामीले लामो समय पहल गर्दा पनि समाधान भएको छैन।”
चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्यू तथा अन्य स्थानमा बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्रीको माग उच्च छ।
लामो समयदेखि रसुवागढीबाट निर्यात रोकिएका कारण भारतको बाटो हुँदै चीन जाने सामग्री बढेको पौडेलले बताए। “नेपालमै उत्पादन भएका सामग्री भारतीय बाटो हुँदै गएको पाइयो,” उनले भने, “यहींबाट लैजान सकियो भने लागत घट्नुका साथै व्यवसायीलाई पनि फाइदा पुग्छ।”
२०७६ साउन अघिसम्म दाल, घ्यू, चाउचाउ, बिस्कुट, चिउरा लगायत सामग्री निर्यात भइरहेको थियो। नेपाली खाद्य सामग्री लैजाँदा भन्सार तिर्नु नपर्दा व्यापारीलाई सहज थियो। ८ हजार आरएमबीसम्मका सामग्री निर्यातमा भन्सार तिर्नु पर्दैन।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम मैनालीले केही दिनपछि दुई देशको सीमा सुरक्षाको बैठक बस्ने र सोही बैठकमा आयात तथा निर्यातबारे छलफल गरिने बताए। “दुई देशका अधिकारीबीच केही दिनमा बैठक बस्ने तयारी भएको छ,” उनले भने, “उक्त बैठकमा आयात तथा निर्यातलाई सहज बनाउनका लागि प्रस्ताव गरिनेछ।”
अहिले दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एउटा चिनियाँ गाडीले ल्याएका सामग्री दुई वटा नेपाली कन्टेनरमा राखिन्छ। सोही अनुसार, दैनिक १८ वटा नेपाली कन्टेनरले सामग्री काठमाडौं लाने गरेका छन्। पहिले रसुवागढी नाका हुँदै करीब २५० सवारी साधनले आवतजावत गर्थे।
चीनबाट लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल लगायत सामग्री बढी आयात हुँदै आएको छ।राजधानी बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x