१३ कार्तिक २०८३, बिहीबार

संघीयताका बिरोध गर्ने जनमोर्चाको कार्यक्रम यादवको सहभागीता अनुहार अध्यारो किन

एसीपी संवाददाता

२० माघ २०७७, मंगलवार ०६:४१ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीको सरकारबाट बर्हिगमन र संसदको पुनस्र्थापनाको बिकल्प नरहेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको संसद बिघटन र प्रतिगमनको खतरा बिषयक अन्तक्र्रियामा यादवले मुलुकलाई लोकतान्त्रीक लिगमा ल्याउनसरकारबाट बर्हिगमन र संसदको पुनस्र्थापनाको बिकल्प नरहेको बताउनुभएको हो ।

उहाले अहिले मुलुकलाई प्रतिगमनको बाटोमा लैजान नदिन र संघियताको रक्षा गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

उहाले नेकपाभित्रको विवादकै कारण संसद बिघटन भएको र संविधान नै खतरामा परेको जिकिर गर्नुभयो । प्रधानमन्त्री जस्तो कार्यकारी व्यक्ति संविधान अनुसार चल्नुपर्नेमा राजनीतिक खेलबाट चलेको उहाले आरोप लगाउनुभयो । यादवले संविधानको रक्षा गर्दै यसमा नपुगेका बिषयहरुलाई थप गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले जनताबाट दुईतिहाई मत ल्याएपनि नेकपाले मुलुकलाई स्थीरता दिन नसकेको बताउनुभयो । उहाले कम्युनिष्ट सरकारले नै संविधान भत्काउने काम गरेको तर्क गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले दुइतिहाईको दुरुपयोग भएको बताउनुभयो । दलहरु राष्ट्र र जनताका लागि नभएर पद र सत्ताका लागि लडेकाले अहिलेको अवस्था आएको उहाले बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले संसद बिघटन संगै प्रतिगमनको खतरा रहेकाले यसका बिरुद्ध एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x