२४ कार्तिक २०८३, सोमबार

सबैभन्दा प्राचीन धर्म भनेर परिभाषित गर्न सकिन्छ, त्यो सनातन धर्म हो

एसीपी संवाददाता

१६ जेष्ठ २०८१, बुधबार १३:५९ मा प्रकाशित

संजय हिन्दु ,  नेपालगन्ज –  नेपालमा विभिन्न पन्थ र समुदायका मानिसहरू बस्छन्, तर जसमध्ये सबैभन्दा प्राचीन र जसलाई धर्म भनेर परिभाषित गर्न सकिन्छ, त्यो एकमात्र सनातन धर्म हो।

यो विश्वको कल्याण र मानवताको संरक्षणको सन्देश दिन्छ। तर प्राचीन समयमा जुन सनातन धर्म पूर्ण रूपमा विज्ञानमा आधारित हुन्थ्यो, वर्तमान समयमा त्यसमाथि अनेक प्रकारका अन्धविश्वास र अवैज्ञानिक क्रियाकलाप भएका छन्। यसको मुख्य कारण भनेको सनातन धर्मावलम्बीहरूलाई आफ्नो धर्मबारे वास्तविक जानकारी नहुनु वा धर्मलाई महत्त्वहीन ठान्नु हो। संसारमा सबै पन्थ, समुदाय, र धर्महरूको तुलनामा धार्मिक शिक्षा लिन र दिनको मामलामा सनातन धर्मका मानिसहरू सबैभन्दा पछाडि छन्। यसको मुख्य कारण गुरुकुल शिक्षाको अभाव हो। यदि सनातनी समाजले समयमै आफ्ना परम्परा र अस्तित्व बचाउनु छ भने, मेरो विचारमा देशमा बढीभन्दा बढी गुरुकुल शिक्षालाई प्रोत्साहन दिनुपर्छ।आज यदि कुनै मुसलमान परिवार काे बच्चाले धार्मिक शिक्षा लिएर उच्च स्तरमा पुग्छ भने उसको समाज र परिवार खुसी हुन्छ।

यदि कुनै इसाई काे बच्चा चर्चमा फादर बन्छ भने पनि उसको समाज र परिवार खुसी हुन्छ। तर, आज सनातनी समाजको पतन यस्तो अवस्थामा पुगेको छ कि यदि कुनै सनातनी परिवारको बच्चा साधु बन्छ भने उसकाे अभिभावकलाई अफसोस हुन्छ कि उनकाे बच्चा साधु बन्यो। यो पनि सनातनी समाजको एक दुर्भाग्य हो र याे कुनै हवाबाजी मा गरिएकाे कुरा होईन Ground level मै यसका सैंकडाै उदाहरणहरु भेटिन्छन।

5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x