१३ मंसिर २०८३, शनिबार

सिमावर्ती भारतमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू

एसीपी संवाददाता

१२ पुष २०७८, सोमबार ०३:१८ मा प्रकाशित

१२ गते पौष २०७८ – एजेन्सी ।नेपाल सङ जोडिएको सिमावर्ती भारत नेपाल सिमामा उत्तर प्रदेशको सहित राती ११ बजे पछि कर्फ्यु लागेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो ।

यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । कर्फ्यू अवधिभर विवाह र सामाजिक कार्यमा २ सय जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ ।

सामाजिक जमघटमा कोभिड सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्नेछ । यसअघि विहिबार मध्यप्रदेशमा पनि रात्रीकालिन कफर््यू घोषणा गरिएको थियो ।

कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताउनुभयो ।

मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् । भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x