हाम्रो भान्सामा कस्तो माछा/मासु पाक्दैछ ?
हाम्रो भान्सामा कस्तो माछा/मासु पाक्दैछ ?
आज सप्रजिअ लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला निकाय सहितको टिमले राँझा र मासुमण्डी बाँके बगिया क्षेत्रका १४ वटा माछा/मासु बिक्री स्टलको आकस्मिक अनुगमन गर्दा ५ वटामा कैफियत पाइएको उपभोक्ताहरुमा जानकारी गराउदछौ !
न्यु मनिशोभा फ्रेस हाउस, राँझा
बिल/बिजक बिना कारोवार गरेको पाइएको हुदा रु २०००० जरिवाना गरिएको ।
कुखुराको मासु ५० kg खान अयोग्य पाईएकोले जफत गरि नस्ट गरिएको !!
दानिस फ्रेस हाउस, राँझा
बिल/बिजक नभएकोले रु २०००० जरिवाना भएको।
खसिको मासु ८ kg खान अयोग्य पाईएकोले जफत गरि नस्ट गरिएको !!
न्यू भेरी मिट एण्ड दाना सप्लायर्स, राँझा
बिल बिजकको प्रयोग नभएकोले रु २०,००० जरिवाना
खान अयोग्य कुखुराको मासु ७ kg जफत गरि नस्ट गरिएको ।
मो. मुर्तजा मासु पसल, बाँके बगिया, मासुमण्डी
बिल/बिजक बिना कारोवार गरेकोले रु १०,००० जरिवाना
खान अयोग्य खसिको मासु ९ kg नस्ट गरिएको ।
सलिम अहमद खसी मासु फ्रेस हाउस, बाँके बगिया, मासु मण्डी
बिल/बिजक बिना कारोवार गरेकोले रु १०,००० जरिवाना
खान अयोग्य खसिको मासु ९ kg नस्ट गरिएको ।
नेपालगंज-१३, बाँके बगियामा रहेको मासु मण्डीका १३ वटा मासु पसलका सञ्चालकहरुलाई संयुक्त रुपमा भेला गराई बिशेषज्ञ तथा पशु चिकित्सकबाट मासु सम्बन्धि प्रशिक्षण गराई आवश्यक निर्देशन समेत दिइएको ।
स्वथ्य माछा, मासु मात्र उपभोग गरौँ
ज़िला प्रसाशन कार्यालय ले जनयेको छ



