१५ औँ राष्ट्रपति रनिङ शिल्डमा बुद्धिनन्दा नगरपालिकाको उत्कृष्ठ प्रदर्शन
महेश कार्की बाजुरा –
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा बुद्दीनन्दा नगरपालिकाको उत्कृष्ठ प्रदर्शन गरेको छ ।
बाजुराको बुद्दीनन्दा नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै अगाडि बढिरहेको छ। हालसम्म बुद्दीनन्दा विभिन्न खेलहरूमा ७ स्वर्ण, ४ रजत (दोस्रो स्थान), र २ कांस्य (तेस्रो स्थान) पदक जितिसकेको छ।
स्वर्ण (प्रथम) पदक विजेता:
• १५०० मिटर दौड – महेश रेग्मी
• हाई जम्प – विशाल बिक
• नान्छ्वान (केटी) – गुन्जन भाट
• नान्छ्वान (केटा) – किरण रोकाया
• छान्छ्वान (केटा) – किशोर रोकाया
• छान्छ्वान (केटी) – सबिना भण्डारी
• उसु सान्दा – खकिना रोकाया
रजत (दोस्रो) पदक विजेता:
• उसु ताईची – मनिका पुरी
• उसु ताईची – बिबेक बुढा
• हाई जम्प – कबिना रोकाया
• १०० मिटर दौड – विशाल बिक
कांस्य (तेस्रो) पदक विजेता:
• उसु सान्दा – खगेन्द्र गिरि
• उसु सान्दा – प्रतिमा बिक
यसबीच, कराते खेलहरू पनि सुरु भइसकेका छन्। बुढीगंगा नगरपालिकाका खेलाडीहरूले थप पदक जित्ने लक्ष्यसहित उच्च मनोबलका साथ प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको अन्तिम नतिजा आउन बाँकी रहेको छ।




