११ भाद्र २०८३, बिहीबार

२२ रजबको अवसरमा नेपालगञ्जमा कुण्डाको फातिहा

एसीपी संवाददाता

२८ पुष २०८२, सोमबार ००:०८ मा प्रकाशित

नेपालगञ्ज, माघ —
इस्लामिक जगतमा विशेष धार्मिक महत्व राख्ने २२ रजबको अवसरमा नेपालगञ्जमा परम्परागत रूपमा कुण्डाको फातिहा आयोजना गरिने भएको छ। इमाम जाफर सादिक (अ.स.) को सम्झनामा गरिने यस धार्मिक कार्यक्रममा शहरका विभिन्न मस्जिद, तथा घर–घरमा श्रद्धा र आस्थाका साथ फातिहा, दुआ तथा कुण्डा वितरण गरिने आयोजकले जनाएका छन्।

इमाम जाफर सादिक (अ.स.) को जन्म ८३ हिजरी मा मदिना मुनव्वरामा भएको थियो।
उहाँका पिता इमाम मुहम्मद बाकिर (अ.स.) र हजुरबुवा इमाम जैनुल आबेदिन (अ.स.) हुनुहुन्थ्यो।
यसरी उहाँ नबी करिम ﷺ को पवित्र अहले बैतको निरन्तरता हुनुहुन्थ्यो।

इमाम जाफर सादिक (अ.स.) इस्लामका महान विद्वान, अहले बैतका प्रतिष्ठित सदस्य तथा ज्ञान र चरित्रका प्रतीक मानिन्छन्। उहाँको पूरा नाम जाफर बिन मुहम्मद हो। उहाँको जन्म ८३ हिजरी मा मदिना मुनव्वराबाट भएको थियो भने १४८ हिजरी मा उहाँको विसाल भएको थियो। उहाँ पैगम्बर मुहम्मद ﷺ का वंशज तथा इमाम मुहम्मद बाकिर (अ.स.) का सुपुत्र हुनुहुन्थ्यो।

इतिहासअनुसार इमाम जाफर सादिक (अ.स.) ले कुरआन, हदीस, फिक्ह, तफ्सिर र अखलाक जस्ता विषयमा हजारौँ शिष्यहरूलाई शिक्षा दिनुभएको थियो। उहाँको ज्ञान र व्यक्तित्वलाई आहले सुन्नत वल जमाअतका चारै इमामहरूले उच्च सम्मानका साथ स्वीकार गरेका छन्।

आहले सुन्नतका महान इमाम अबु हनिफा (रह.) ले इमाम जाफर सादिक (अ.स.) सँग शिक्षा प्राप्त गरेको उल्लेख गर्दै “यदि मैले जाफर बिन मुहम्मदसँग समय नबिताएको भए, म नष्ट भइसक्थेँ” भन्ने कथन इतिहासमा प्रसिद्ध छ। त्यस्तै इमाम मालिक (रह.) भन्नुहुन्थ्यो—
“मैले जाफर बिन मुहम्मदभन्दा बढी इबादत गर्ने, बढी ज्ञानवान र बढी तक्वावान व्यक्ति देखेको छैन।”। इमाम शाफेई (रह.) र इमाम अहमद बिन हंबल (रह.) ले पनि इमाम जाफर सादिक (अ.स.) लाई सत्यवादी र भरोसायोग्य महान आलिमको रूपमा वर्णन गरेका छन्।

धार्मिक विद्वानहरूका अनुसार २२ रजबको दिन कुण्डा गर्ने परम्परा इसाल–ए–सवाब, सदका–खैरात र अल्लाहको बारगाहमा दुआ गर्ने नियतसँग जोडिएको अमल हो। यो कुनै फरज वा वाजिब नभई नेकी र धार्मिक आस्थाको प्रतीक मानिन्छ।

धार्मिक विद्वानहरूका अनुसार २२ रजबको फातिहा बरकत, रहमत र दुआ कबुल हुने दिनका रूपमा लिइन्छ। यस अवसरमा आपसी भाइचारा, प्रेम, सद्भाव र सहयोगको सन्देश फैलिने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x