३० श्रावण २०८३, शनिबार

टी-२० सिरिज: नेपाल आज नेदरल्यान्ड्ससंग खेल्दै

एसीपी संवाददाता

१६ फाल्गुन २०८०, बुधबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । मंगलबारदेखि काठमाडौँमा सुरु भएको टी–२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलामा  आज नेपाल र  नेदरल्याण्ड्सबीच खेल हुँदैछ ।

पहिलो खेलमै नामिबियासँग २० रनले पराजित भएको नेपालले आज नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्नेछ ।  कीर्तिपुरस्थित त्रिविविको मैदानमा आज बिहान साढे ११ बजे सुरु हुने खेलमा नेपालले आज राम्रो खेल्ने विश्वास लिइएको छ ।

पहिलो खेलमा पहिलो ब्याटिङ गर्दै नामिबियाले  नेपाललाई दिएको २०७ रनको लक्ष्यलाई नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाएका थिए ।

कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए ।

उक्त खेलमा नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x