अपराधका गतिबिधी नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरुले संयुक्त निगरानी गर्ने सहमति
भारतिय सिमावर्ती जिल्ला श्रावस्तीका डिस्टृक मजिस्ट्रेट कृतिका शर्माको निमन्त्रणामा श्रावस्तिको सदरमुकाम भिङगामा बांके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखहरुको एक दिने समकक्षी समन्वय बैठक सम्पन्न भएको छ ।
अगामी २५ मई २०२४ मा श्रावस्ती जिल्लामा हुने भारतिय लोक सभा चुनावको सुरक्षा ब्यवस्थालाई सुदृढ बनाउने बिषय नै मुख्य एजेन्डा रहेको भए पनि अवैध हातहतियार ओसार पसार , लागू औषध नियन्त्रण , मानव तस्करी र सिमा क्षेत्रमा हुन सक्ने अन्य अपराधका गतिबिधी नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरुले संयुक्त निगरानी गर्ने , चेक पोइन्ट स्थापना , संयुक्त गस्ती पट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारी बिच सोझो संपर्क स्थापित गर्न सक्ने संयन्त्रको बिकास गर्ने बिषयमा छलफल/ सहमती भएको ।
२५ मई मा श्रावस्ती जिल्लामा हुने लोकसभा निर्वाचनको दौरान दुवै सिमावर्ती जिल्लाका सिमा नाकाहरुमा चेक जाँच कडाई गर्ने , ७२ घन्टालाई सिमानाका बन्द गर्ने , मतदानको दिन सिमावर्ती क्षेत्रमा मदिराको बिक्री बितरण र उपभोगमा पनि रोक लगाउने जस्ता बिषयहरुमा पनि छलफल / सहमती भएको छ ।
७२ घन्टे सिलबन्दिको समयमा अत्यावश्यक सेवाका दमकल ,सव वाहन , एम्बुलेन्स लगायत भने रोकिने छैन । श्रावस्ती जिल्लासंग सिमाना जोडिएका सिमा नाकामात्र सिल गरिने ।



