१२ असार २०८३, शुक्रबार

५५ हजार नक्कली नोटसहित पाँचजना पक्राउ

एसीपी संवाददाता

२९ बैशाख २०८१, शनिबार ०७:५४ मा प्रकाशित

मकवानपुर प्रहरीले नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले एक हजार दरका नक्कली नोट (५५ हजार) सहित पाँचजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका– ९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका– १४ का ३७ वर्षीय सुनील ढुंगाना, सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका– ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल छन्।

प्रहरी प्रवक्ता भण्डारीका अनुसार प्रहरीले बुधबार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको थियो।

उनीहरूसँगको सोधपुछ र अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरू संलग्न रहेको पाइएपछि बिहीबार दुईजनालाई पक्राउ गरिएको उनले जानकारी दिए।

प्रहरीले सीताराम, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको प्रवक्ता भण्डारीको भनाइ छ।

उनले कारोबारमा संलग्न सुनील ढुंगाना र रोजल ढुंगाना बाबु/छोरा रहेको पनि बताए। प्रहरीले पाँचैजनालाई नक्कली मुद्रा कारोबारसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता भण्डारीले जानकारी दिए। नयाँपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x