१२ असार २०८३, शुक्रबार

अखिल (क्रान्तिकारी) बाँके को अध्यक्षमा सुनिल बटाला

एसीपी संवाददाता

२० भाद्र २०८१, बिहीबार ११:२९ मा प्रकाशित

नेपालगन्ज, । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  बाँकेको अध्यक्षमा सुनिल बटाला निर्वाचित हुनुभएको छ ।

सोमबार र मंगलवारका  दिन नेपालगन्जमा चलेको २४औं जिल्ला सम्मेलनबाट बटाला सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएको अखिल क्रान्तिकारी नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष विष्णु कनोजिया ले जानकारी दिनुभयो । 

बटालाको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कनोजिया का अनुसार उपाध्यक्षमा क्रमशस् उपेन्द्र आचार्य, दिपेन्द्र शाही, शान्ति बिक, भरत बुढथापा र सुभाष मल्ल निर्वाचत हुनुभएको छ ।

 

त्यसैगरी सचिवमा लक्ष्मण आचार्य, सहसचिवमा क्रमशः जनक शर्मा ९विनोद०, ईश्वर चन्द, जनक बिएल र स्वशिका चौधरी, कोषाध्यक्षमा राम राज बर्मा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

सदस्यहरूमा क्रमशः रिजवान अलि मुकेरी, टोपेद्र शाही, स्वस्तिका लामिछाने केसी, रमेश मल्ल, मिनबहादुर भाट, बालकुमारी सुनार, अमृता खवास, मनिस सेन ठकुरी, सामना शाही, सन्जु थारु, चन्द्रसिंह थारु, सुशील श्रेष्ठ, दिपा चौधरी, विष्णु कनोजिया, निर्प बिएल, दिपिका चौधरी, भरत नेपाली, टंक भुल, विष्णु यादव, महेन्द्र शाही, सुर्य तिवारी, यमुना गिरी, नवराज खड्का, सागर शाही र हेमा बिक सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन अधिकृत तिर्थराज ज्ञवालीले सर्वसम्मत रुपमा निर्वाचित सबैको नामावली घोषणा गर्नुभएको कनोजिया ले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x