१ श्रावण २०८३, शुक्रबार

करॅाचीमा बम विस्फोट हॅुदा मारिए दुई चिनियॅा नागरिक, टार्गेटमा चिनियॅा इन्जियर र उच्च अधिकारी

एसीपी संवाददाता

२१ आश्विन २०८१, सोमबार १२:४९ मा प्रकाशित

पाकिस्तान । कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन् । सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बिबिसीले जनाएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनामा केही स्थानीय समेत मारिएको हुनसक्ने जनाएको छ । दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ । बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र ‘आतंककारी’ हरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ ।

पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ ।

सोमबार विज्ञप्ति जारी गरी बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x