१ श्रावण २०८३, शुक्रबार

हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु

एसीपी संवाददाता

२८ आश्विन २०८१, सोमबार १०:५८ मा प्रकाशित

तेल अभिभ । हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु भएको छ । उत्तरी इजरायलमा रहेको सेनाको बेसक्याम्पलाई लक्षित गरी गरिएको आक्रमणमा ४ सैनिकको मृत्यु र अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ)ले जनाएको बीबीसीमा उल्लेख छ ।

आईडीएफका अनुसार आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।

इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x