१ श्रावण २०८३, शुक्रबार

भारतीय दूतावासको सहयोगमा आँबुखैरेनी क्याम्पसको भवन निर्माण

एसीपी संवाददाता

१४ कार्तिक २०८१, बुधबार १६:२५ मा प्रकाशित

दमौली । भारतीय राजदूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । बिहीबार भवनको भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पनि उद्घाटनमा उपस्थिति रहेको थियो । भारतीय दूतावासको २ करोड ७३ लाखको लागतमा क्याम्पसको भवन निर्माण गरिएको छ ।

क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले बताएका छन् । विक्रम संवत् २०६९ फागुनमा निर्माण शुरु भएको भवन २०७२ मा निर्माण सम्पन्न भएको छ । दुईतले २४ कोठा भएको भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् ।

नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए । क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा छन् । भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x