१ श्रावण २०८३, शुक्रबार

सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक

एसीपी संवाददाता

२३ मंसिर २०८१, आईतवार १०:४९ मा प्रकाशित

एजेन्सी – सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक पुगेका छन् । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् ।

विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन ।

विद्रोही समूह एचटीएएसले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति असदले राजधानी छोडेको खबर आएको हो ।

राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति असद हुनसक्ने जनाएको छ ।

यसअघि विद्रोहीले सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरिसकेका छन् ।

सिरियामा विद्रोहीहरूले केही वर्षयताकै भयानक आक्रमण शनिबारदेखि जारी राखेका छन् । यस आक्रमणबाट राष्ट्रपति असदलाई ठूलो झड्का लागेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x