१ श्रावण २०८३, शुक्रबार
दक्षिण कोरियामा भयानक जहाज दुर्घटना , एक सय ७९ जनाको मृत्यु
नेपालगन्ज । दक्षिण कोरियामा आज बिहान भएको भयानक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।
कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको जेजु एयर जहाज दुर्घटनामा दुई जनाको जिवितै उद्धार हुँदा १७९ जनाको मृत्यु भएको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।
उद्दार टोलीले जहाजका एक सदस्य र एक महिला यात्रुको उद्धार गरेको हो । उनीहरुको अहिले अस्पतालमा उपचार जारी छ ।
Subscribe
Login
0 Comments



