१६ जेष्ठ २०८३, शनिबार

माओवादी केन्द्र पार्टी सत्तास्वार्थका लागि आफ्ना मूल आदर्श बिसर्जन गरेको दलको रूपमा चित्रण

एसीपी संवाददाता

१३ फाल्गुन २०८१, मंगलवार ०७:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा (माओवादी केन्द्र) लाई सत्तास्वार्थका लागि आफ्ना मूल आदर्श बिसर्जन गरेको दलको रूपमा चित्रण गरेका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा महतोले माओवादी केन्द्रले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिको एजेन्डाबाट विचलित हुँदै संशोधनवादी बाटो समातेको आरोप लगाए।

माओवादी २०५९ सम्म जनसमर्थन बटुल्न सफल, तर सत्तास्वार्थमा परिवर्तन

महतोका अनुसार, २०५९ सालसम्म माओवादीको जनयुद्धले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली समर्थन हासिल गरेको थियो। तर, अन्तरिम संविधान निर्माणको समयमा पार्टीले राष्ट्रिय तथा जातीय मुक्तिका एजेन्डा त्यागेको र २०७२ सालको संविधान निर्माणमा पुग्दा त अझै आफ्नो पहिचान नै मेटाएको आरोप उनले लगाए।

‘प्रचण्ड अब दाहाल मात्रै बने’

महतोले हेटौंडा महाधिवेशनपछि माओवादी निम्नपुँजीवादी संशोधनवादमा फस्दै गएको टिप्पणी गर्दै पार्टीले आफ्नो प्रारम्भिक क्रान्तिकारी धारबाट सम्पूर्ण रूपमा विचलन ल्याएको दाबी गरे।

‘प्रचण्ड जनयुद्धको नेताबाट सत्ताको खेलाडी मात्र बने, अन्ततः उनी अब दाहाल मात्रै रहे,’ उनले व्यंग्य गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x