१६ बैशाख २०८३, बुधबार

देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी

एसीपी संवाददाता

५ बैशाख २०८२, शुक्रबार १९:४७ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु, बैशाख ५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नो बोझ आफैं सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुन लागेको बताउनुभयो ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताउनु भयो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको प्रचण्डले आरोप लगाउनु भएको छ ।

अहिलेको सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि निर्माण भएको बताउनुभयो । प्रचण्डले कुलमान घिसिङ लगायतका व्यक्तित्वहरुलाई हटाएर गलत क्रियाकलाप संचालन गरेको बताउनुभयो ।

प्रचण्डले भन्नू भयो, “देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ ।”

झापाबाट सुरु गरिएको तराई–मधेश हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह पैदा गरेको उनले दाबी गरे ।

पूर्व प्रधानमन्त्री दाहालले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेको उल्लेख गरे । तर अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौंको लुटतन्त्र चलाएको आरोपसमेत उनले लगाए ।

किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “किसानलाई मुख्य प्राथमिकता नदिई देशको समृद्धि सम्भव छैन ।” 

भारतसँग सम्बन्ध सुदृढ गर्न आफूले खेलेको भूमिकालाई स्मरण गर्दै दाहालले चीन भ्रमणका क्रममा बन्द रहेका नाकाहरू खोल्नसम्बन्धी सम्झौता गरेको पनि जानकारी गराए ।

अध्यक्ष दाहालले देशमा स्थायित्व र समृद्धिको लागि राजनीतिक शुद्धता र इमानदारी आवश्यक रहेको स्पष्ट पारे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x