१७ श्रावण २०८३, आईतवार

प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने

एसीपी संवाददाता

१ जेष्ठ २०८२, बुधबार ०८:१५ मा प्रकाशित

काठमाडौँ, वैशाख २६ गते। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो।

लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन शनिबार ललितपुर स्थित होटल हिमालयबाट मङ्गलबार उपल्लो मुस्ताङको लोमाङ्थानबाट घोषणापत्र जारी गर्दै समापन हुने छ।

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’को उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुहुने र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

लम्सालले भन्नुभयो, ‘‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ। नागरिक सम्वृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रूपान्तरणमा होस भन्ने हाम्रो उद्देश्य रहेको छ।’’

उहाँले  विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञको कार्यक्रममा प्रस्तुति रहने जानकारी दिनुभएको छ।

समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने आयोकले जनाएको छ। त्यसैगरी उक्त समिटमा नेपाली पत्रकारितामा पत्रकारले भोग्नु परेका कठिनाई अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ।

समिट काठमाडौँदेखि पर्यटकीय नगरी पोखरा हुँदै धार्मिक तथा पर्यटकीय केन्द्र मुस्ताङसम्म वैशाख २७ गते देखि ३० गतेसम्म चल्ने छ।

समिटिले बदलिँदो नेपालमा जनचाहना अनुरूपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका बारेमा बृहत् अन्तर्क्रिया तथा छलफल गरी जलवायु सङ्कट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण गरिने छ।

त्यसैगरी समिटमा नेपानी पत्रकारितामा पत्रकारले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो।

त्यसै गरी समिटिमा जलवाय परिवर्तनले निम्त्याएको जलवायु सङ्कट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुने आयोजक संस्था नेपाल प्रेस युनियनले जनाएको छ।

कार्यक्रमको पहिलो चरणमा ‘राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता ः को कति नजिक, को कति टाढा ?’ विषयमा  डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्ने तथा पूर्वमन्त्री दिलेन्द्र बडु, पार्वत गुरूङ, रेखा शर्मा  तथा अन्तर्राष्ट्रिय प्रतिनिधि डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँलेले आफ्नो विशेष मन्तव्य राख्नुहुने छ।

विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने प्रेस युनियनले जनाएको छ।

समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुति तथा बहस पैरवी हुने छ। उक्त दिन पहिलो सत्रमा ‘जलवायु सङ्कट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा बहस र छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो।

अध्यक्ष लम्सालले समिटको तेस्रो दिन पोखराखि मुस्ताङसम्म मिडिया यात्रा हुने र चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाका सहभागितामा जलवायु सङ्कटमा मिडियाको भूमिकाको बारेमा बृहत् अन्तर्क्रिया हुने पनि जानकारी दिनुभयो छ। सोही दिन लोमाङथाङ घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन आयोजकले जनाएको छ। रेडियोनेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x