२९ माघ २०८२, बुधबार

मान्छे नमार्ने थारु हत्यारा भयौं, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी

एसीपी संवाददाता

२९ असार २०८२, आईतवार १९:४४ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्तिका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै मान्छे मारेको स्वीकार गर्नेहरुलाई केही नगरिएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले यस्तो टिप्पणस्ी गर्नुभएको हो । उहाँले आफूलाई अहिले पनि टिकापुर हत्याकाण्ड गरिस् भनेर गाली गर्ने गरेको बताउनुभयो ।

चौधरीले तर आफू टिकापुर घटनामा घटनास्थलमै नरहेको भएपनि सबैभन्दा ठूलो हत्याको बिल्ला भिराइएको बताउनुभयो । उहाँले मान्छे नमार्ने थारुहरु हत्यारा भएको तर मान्छे मार्नेहरु सरकारमा सँगै रहेर पनि मान्छे मारेको स्वीकार गर्नेहरुलाई यत्तिकै छोडिएको बताउनुभयो । नेपाल न्याय मरेको देश भएको टिप्पणी गर्नुभयो ।

संस्थापक चौधरीले मानिसहरु अब धेरै टाढिसकेको भन्दै विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको बताउनुभयो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x