११ भाद्र २०८३, बिहीबार

सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने  निर्णयविरुद्ध आज प्रदर्शन

एसीपी संवाददाता

२२ भाद्र २०८२, आईतवार १५:२९ मा प्रकाशित

दिपाली सिंह काठमाडौं  – नेपाल सरकारले गरेको सामाजिक सञ्जाल बन्द गर्ने  निर्णयविरुद्ध आज प्रदर्शन भएको छ । आज काठमाडौंको माईतीघर नजिकै प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा  पत्रकार, मानव अधिकारकर्मी, युवाहरूको संयुक्त सहभागितामा रहेको थियोे ।

नेपाल सरकारले गरेको  सामाजिक सञ्जाल बन्द को निर्णय विरुद्ध आज प्रदर्शन गरेका हुन ।

नेपाल रहेका प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण गरेको भन्दै उनीहरूले पम्प्लेट लिएर विरोध प्रदर्शन लागेका हुन ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले देशका सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न निर्देशन जारी गरेको छ।

सर्वोच्च अदालत र मन्त्रिपरिषद्को आदेशमा कारबाही प्राधिकरणले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्देशनका आधारमा यो कदम चालिएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x