११ भाद्र २०८३, बिहीबार

Gen Z को आन्दोलनबीच प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

एसीपी संवाददाता

२३ भाद्र २०८२, सोमबार १९:०२ मा प्रकाशित

काठमाडौं । राजधानी काठमाडौंमा Gen Z पुस्ताले सुरु गरेको आन्दोलनले चर्को मोड लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सामान्यतया सोमबार नियमित बैठक बस्ने प्रथाअनुसार नबसी, प्रधानमन्त्रीले उत्पन्न परिस्थितिबारे तत्काल छलफल गर्न आज साँझ ६ बजे बालुवाटारमा बैठक आह्वान गरेका हुन्।

बैठकमा राजधानीको सुरक्षा स्थिति, प्रदर्शनले ल्याउन सक्ने सम्भावित प्रभाव, र सरकारको आगामी कदमबारे छलफल हुने उच्च स्रोतले जनाएको छ। जेन–जेड युवाहरूले दिनभर माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडक तताएका कारण प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ।

सरकारभित्रै प्रदर्शनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मतभिन्नता रहेको बताइएका बेला प्रधानमन्त्रीको यो आकस्मिक कदमलाई परिस्थितिजन्य संवेदनशील निर्णयका रूपमा हेरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x