२८ बैशाख २०८३, सोमबार

जेनजी प्रदर्शन : आगजनी तथा तोडफोडमा संलग्नलाई आज छाडिँदै

एसीपी संवाददाता

१४ आश्विन २०८२, मंगलवार १३:५४ मा प्रकाशित

गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनीका क्रममा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई आज छाडिँदैछ।

जिल्ला प्रहरी परिसर ललितपुरस्थित थुनुवा कक्षमा रहेका २३ जना आरोपीलाई आज परिवारको जिम्मामा छाड्न लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले नागरिकन्युजलाई जानकारी दिए। उनीहरूले जुन अपराध गरेका छन् त्यही अनुसारको मुद्दा दर्ता गरेर म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसएसपी बोगटीले बताए।

उनले विगतदेखि नै कर्तव्य ज्यान, खतरनाक अपराधी तथा गम्भीर प्रकृतिका अपराध बाहेककालाई दसैँजस्ता चाडपर्वमा परिवारलाई जिम्मा लगाएर छाडिँदै आएको बताए।

उनले भने, ‘यसरी चाडपर्वको बेला अनुसन्धान अधिकृतले छाड्न सक्ने अवस्था छ। उनीहरूलाई चाडपर्वपछि परिवारले फेरि फर्काउने गरी छाड्न लागिएको हो।’

यसअघि जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x