२१ कार्तिक २०८२, बिहीबार

पाकिस्तानमा आतंककारी हमला , आत्मघाती बम बिस्फोटमा १० को मृत्यु

एसीपी संवाददाता

१४ आश्विन २०८२, मंगलवार १९:५१ मा प्रकाशित

पाकिस्तान –   पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको छ मृतकमा ४ जना हमलावर पनि रहेको बताईएको छ ।

उक्त आत्मघाती हमलामा  ३२ जना घाइते रहेको पाकिस्तान स्थित डान समाचार लेखेको छ ।

क्वेटामा आज यो बिस्फोट भएको हो । सैनिक मुख्यालय लक्ष्य बनाई बिस्फोट गराईएको हो ।

आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतंककारीहरु घटना स्थलमै मृत्यु भएको हो ।

तर आक्रमण पछि सुरक्षा बलको जबाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका राखेको बताएको हो ।  

विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताएका छन् ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानुन बमोजिम कारवाही गरिने बताएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x