२१ कार्तिक २०८२, बिहीबार

जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त

एसीपी संवाददाता

१९ आश्विन २०८२, आईतवार २३:२४ मा प्रकाशित

काठमाडौं । नेपालमा जारी भारी वर्षा र त्यसबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै उनले भारत सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भने, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्त पीडादायक छ। यो कठिन परिस्थितिमा हामी नेपालका जनता र सरकारसँग छौं।” उनले थप लेखे, “मैत्रीपुर्ण छिमेकी र पहिलो उत्तरदायीको हैसियतले भारत आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ।”

नेपालमा जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा डुबान, पहिरो र सडक अबरुद्ध लगायतका समस्याले जनजीवन प्रभावित भएको छ। विभिन्न स्थानमा उद्धार र राहतको कार्य जारी रहँदा भारतले सार्वजनिक रूपमै सहयोगको प्रतिबद्धता जनाउनु कूटनीतिक रूपमा पनि सकारात्मक सन्देशको रूपमा हेरिएको छ।

भारत विगतमा पनि नेपालमा बाढी, भूकम्प तथा अन्य प्राकृतिक विपद्का बेला सक्रिय सहयोगी भूमिका निर्वाह गर्दै आएको छ। यस्तो बेलामा मोदीको वक्तव्यले भारत–नेपाल सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x