प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताज्यूको स्वर्गारोहण

माघ १५ नेपालगन्ज . प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताज्यूको स्वर्गारोहण भएको छ । उपचारका क्रममा केही बेर अघि अस्पतालमा ९२ बर्षीय गुप्तालाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । सेनानी गुप्ताका छोरा, पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा केही बेर अघि उहाँको निधन भएको पुष्टि गरे । केही बर्ष यता थलिंदै आएका सेनानी गुप्ताले बुधबार साँझ उल्टी गरेपछि उनलाई अस्पताल लगिएको थियो । नेपालगन्जको पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो । भने नेपाल प्रेस यूनियन बाकेले पन्नालाल चाचाजीको हरेक बर्ष जन्म दिन मनाउदै आएको र पन्ना चाचा ज्यू भब्य नागरिक सम्मान बाँकेको मात्र न भई देश भरी चाचाको चार्चित पत्रकार अग्रज चाचाजीले प्रजातन्त्रका लागि ठुलै योगादन गरेका थिए । नेपालगन्ज न्युरोडस्थित छोरा विजयकै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी बान्ता आएर अचेत भएका थिए । तत्कालै नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चाचाकै नाति डा। दिपेश गुप्ता आएर चेकजाँच गरे । उनकै सल्लाहमा अस्पताल पु¥याए लगत्तै चाचाको मृत्यु भएको छोरा विजयले बताएका छन् । गुप्ताको पार्थिव शरिरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ । बिहीबार बिहान अन्तिम श्रद्धाञ्जली दिएर धार्मिक विधिपुर्वक अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । विसं१९८५ सालमा जन्मिएका गुप्ता स्थानीय किरण साप्ताहिकका सम्पादक थिए । उक्त पत्रिका नेपालगन्जबाट विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशन हुदै आएको छ । पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघले करिव डेढ दशक अघि प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष तथा केन्द्रिय सदस्य (मनोनित)भइसकेका प्रेस स्वतन्त्रता सेनानी गुप्ता नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष र युनियनका केन्द्रिय संस्थापक सदस्य हुन् । युनियन बाँके शाखाले संस्थापक अध्यक्षको चाचाको सम्मान स्वरुप तीन वर्षअघि ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरिदिएको थियो । यस्तै युनियन बाँकेले चाचालाई रथारोहन सहित नेपालगन्जमा भब्य नागरिक अभिनन्दन समेत गरिदिएको थियो । चाचाको निधनबाट नेपालगन्जले ठुलो क्षति ब्यहोरेको छ । यहाँका पत्रकार, नागरिक अगुवा, राजनीतिककर्मी लगायत सबैले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।





