११ भाद्र २०८३, बिहीबार

एमाले–निकट जेनजी समूहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि एमालेका महासचिव पोखरेल आक्रोशित

एसीपी संवाददाता

१० कार्तिक २०८२, आईतवार ०८:२८ मा प्रकाशित

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका एमाले–निकट जेनजी समूहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेल आक्रोशित भएका छन्। उनले माइतीघर कुनै एक पक्षका लागि मात्रै नभई सबै नागरिकका लागि समान प्रदर्शनस्थल भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।”

गत केही दिनदेखि जेनजी युनाइटेड समूहले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ। शुक्रबार बिना अनुमति प्रदर्शन गर्न पुगेका करिब ३० देखि ४० जना सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पोखरेलले प्रहरीको यस्तो व्यवहारलाई असंवैधानिक भन्दै अभिव्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप लगाएका छन्।

उता, माइतीघर क्षेत्रलाई संवेदनशील प्रदर्शनस्थल मानी सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरी हालको अवस्था मूल्यांकन गरेकी छन्। हिमालपत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x