११ जेष्ठ २०८३, सोमबार

नेपाल संग जोडिएको भारतिय जिल्लाहरुमा मतदाता परिचयपत्र प्रमाणीकरण हुँदै

एसीपी संवाददाता

४ मंसिर २०८२, बुधबार १२:२५ मा प्रकाशित

लक्ष्मी थारु , काठमाडौं –  भारतको उत्तर प्रदेश को सिद्धार्थनगर जिल्ला जुन नेपालको कपिलवस्तु जिल्ला संग जोडिएको छ । उक्त जिल्लामा भारत सरकारले अवैध रूपमा बसोबास गर्ने व्यक्तिहरूको नाम मतदाता नामावलीबाट हटाउने कार्य शुरु गरेको छ ।
भारतको बढनी जुन उत्तर प्रदेशको, सिद्धार्थनगरजिल्लामा रहेको छ । यो जिल्ला नेपाल – भारत सिमा जोडिएको हो ।

शंकास्पद मतदाताहरूको प्रमाणीकरण गर्न महत्वपूर्ण कागजातहरु माङ गरिएको हो । यो सङै (विशेष गहन संशोधन) अभियान सुरु भएको छ। मतदाता सूची सही र पारदर्शी छ भनी सुनिश्चित गर्न, BLO समाजसेवी हरूलाई यस क्षेत्रमा खटाइएको छ । , जसले मतदाताको घर-घरमा गएर प्रमाणीकरण गर्दै छ्न ।

रिपोर्टहरू अनुसार, शहरमा अवैध रूपमा बसोबास गर्ने र वैध कागजात नभएकाहरूको नाम मतदाता सूचीबाट हटाउन सकिन्छ । बिएलओ टोलीले आधार, परिचयपत्र, र बसोबासको प्रमाण जस्ता कागजातहरू प्रमाणीकरण गरिरहेको छ । वास्तविक योग्य मतदाताहरू मात्र सूचीमा समावेश हुनेछ्न ।
सीमावर्ती क्षेत्र भएकोले, धेरै वर्षदेखि बाहिरी व्यक्तिहरूद्वारा अवैध बसोबासको गुनासोहरू प्राप्त हुँदै आएको भन्दै स्थानीयहरूले यो कार्यलाई स्वागत गरेका छन्।

अभियानले मतदाता सूचीलाई अझ सटीक, पारदर्शी र भरपर्दो बनाउने अपेक्षा गरिएको छ। प्रमाणीकरणको क्रममा आवश्यक कागजातहरू प्रदान गर्न र BLO हरूलाई सहयोग गर्न मानिसहरूलाई आग्रह गरिएको छ । जसले गर्दा कुनै पनि योग्य नागरिकको नाम सूचीबाट छुट्न नपओस ।

यो सङै नेपाल सिमा नजीक रहेका भारतका जिल्लाहरु स्थानीय कार्यकर्ता बीएलओले प्रमाणीकरण अभियान तिब्र बनाएका हुन । बाँके , बर्दिया , दाङ , कपिलवस्तु , रुपन्देही र नवलपरासी समेत सिमानाकाको भारतिय जिल्ला अभियान शुरु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x