११ जेष्ठ २०८३, सोमबार

नितीशलाई देउवाको बधाई, नेपाल-बिहार सम्बन्ध थप बलियो बन्ने विश्वास

एसीपी संवाददाता

७ मंसिर २०८२, शनिबार ११:१८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत, बिहार राज्यका नवनियुक्त मुख्यमन्त्री नितीशकुमारलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत सभापति देउवाले सफल कार्यकालको शुभकामना दिएका हुन्।

उनले लेखेका छन्, ‘मेरा मित्र नितिश कुमारलाई बिहारको मुख्यमन्त्रीको रूपमा निरन्तरता पाएकोमा बधाई छ। राज्यलाई प्रगति र समृद्धितर्फ डोऱ्याउन सफल हुनुहोस् भन्ने कामना गर्दछु। म नेपाल-भारत सम्बन्ध, विशेष गरी नेपाल र बिहार बीचको सम्बन्धलाई अझ सुदृढ पार्न तत्पर छु।’

हालै नितीश कुमारले बिहार विधानसभा चुनावमा सत्तारुढ गठबन्धनको भारी विजयपछि २६ मन्त्रीहरूसँगै १० औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x