बिकास पुरुषको छबिमा मा. किशोर सिंह राठौर
बाँके – बाँकेको बिकास पुरुष बन्दै माननीय सासद किशोर सिंह राठौर ले आफ्नो ससदिय एरिया लाई बिशेस प्राथमिकतामा राखेका छ्न । उनले आफ्नो निर्वाचन छेत्रमा बिकासको लागि विभिन्न योजनाहरु पास गराउने काम गर्दै आउनु भएको छ ।
माननियले किशोर सिंहले आफ्नो बिचार राख्दै ।
मैले निर्वाचनका बेला जनता र मतदातासँग गरेको वाचा एवं प्रतिवद्वता पूरा गर्ने क्रममा नेपालगञ्ज-गुलरिया सडकमा स्तरोन्नतिमा छुटेका खण्ड र अलपत्र परेको खजुरा बजार खण्डको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाइएको सुखद सन्देश सञ्चार गर्न चाहन्छु । काम सम्पन्न गराउन निरन्तर चासो, चिन्ता, खबरदारी र पहलकदमीका लागि सम्वद्व सबैलाई धन्यवाद एवं आभार व्यक्त गर्दछु । विकासका काममा सबैको हातेमालोको अपेक्षा पनि गर्दछु ।
मा. किशोर सिंह राठौरको पहलमा भएको परियोजना
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगन्ज, बांके मा नेपालगन्ज गुलरिया सडक अन्तर्गत खजुरा बजार गुलरिया बजार क्षेत्रको सडक निर्माण कार्य हुने भएको छ ।
सडक डिभिजन बाँके बाट ठेक्का व्यवस्थापन भई निकै लामो समयसम्म अलपत्र अवस्थामा रही निर्माण सम्पन्न नभई डिभिजन सडकबाटै ठेक्का अन्त्य गरिएको नेपागन्ज गुलरिया सडक अन्तर्गत पर्ने मुख्य खजुरा बजार क्षेत्रको ४ लेन सडक करिब १८०० मीटर तथा वर्दिया जिल्लाको गुलरिया बजार क्षेत्रको करिब २००० मीटर गरी जम्मा ३८०० मीटर सडक हालसम्म पनि अलपत्र अबस्थामा भई असहजता भएको व्यहोरा स्थानीय लगायत तहां योजना कार्यालयलाई जानकारी नै छ। तसर्थ नेपालगन्ज गुलरिया सडक स्तरोन्नतिमा उक्त सडक खण्डहरु नपरेको हुदा हाल हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकको यी २ खण्ड निर्माण नेपालगन्ज गुलरिया सडककै स्तरमा स्तरोन्नति गरिदिनुहुन स्थानीय नागरिकको माग तथा आवस्यकता अनुसार सिफारिस गर्दछु । स्थानीय ठुलो बजार, सरकारी कार्यालय, अस्पत्ताल समेत भएको यी २ सडक खण्डको अलपत्र अबस्थाका कारण दिनानुदिन नागरिकले भोग्नुपरेको शास्ती, धुवा धुलो र असहज यातायात आवगमनका यथासिघ्र तहां योजना कार्यालय मार्फत उक्त सडक निर्माण स्तरोन्नति गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु ।




