राष्ट्रिय दलित मुक्ति जागरण अभियानको कैलाली , कञ्चनपुर जिल्लाको अध्यक्षमा महिलानेतृत्व
धनबहादुर बिक
कञ्चनपुर
०९ गते पौष २०७८ । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले कञ्चनपुर जिल्ला कार्यसमिति गठन गरेको छ । भेलाले कविता नेपालीको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा जीतसिंह पार्की सचिवमा लोकेन्द्र तिरूवा सर्वसम्मत चयन भएा छन ।
सदस्यहरुमा पदम सुनार, धनबहादुर विश्वकर्मा,किरण सुनार,सारदा सुनार, सुरज आग्री, प्रदिप चुनार, लालबहादुर बिक, सुरेन्द्र सुनार, राजुराम सार्की चयन भएका हुन् । बाँकी अन्य पदाधिकारी को चयन केहिदिनमै नव गठित कमिटीको पहिलो बैठकबाट पूरा गरिने जनाएको छ ।
यस अघि पुस ७ गते मंगलबार कैलाली जिल्ला भेला ले धनगढी उपमहानगरपालिका ३ कि जनप्रतिनिधि समेत रहेकि दलित सामाजिक अभियन्ता राधा बिकको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरिसकेको छ ।
सामाजिक र जातीय विभेद अन्त्य तथा अात्मसम्मानको लडाइ का लागि हामी पनि केही गर्न सक्छौ भनी जिल्ला तहमै नेतृत्व लिने अांट गरि अघि बढ्दै गरेका महिलाहरूको अधम्य साहस प्रति उच्च मुल्यांकन गरिनुपर्ने दलित बुद्धिजीवी हरू बताउँछन् ।
जागरण अभियानले देशैभरी बाट परिवर्तनकामि जुझारु दलित युवाहरूलाई संगठित गर्दै राज्यको दमनकारी शासन सत्ता विरूद्ध एकढिक्का भई अघि बढ्ने उदेश्य अनुरूप सुदूरपश्चिम प्रदेश को कैलाली कञ्चनपुर मा भेला गरि संगठन निर्माण गरेको
अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले जानकारी दिनुभयो ।
संयोजक सुनारले राज्यका हरेक तह सम्म दलित समुदायको सहभागिता हुनुपर्ने माग राखेका छन् । संयोजक सुनारले सामन्ती हरूलाई चुनौती दिंदै भने अाजका दलित हरू हिजोका सोझासाझा दलित होइनन् अाजका दलित हरू २१ अौ सताब्दिका दलित हुन , राज्यका हरेक नितिनियम , हरेक व्यवस्था बुझेका छन । अवसर पाएमा दलितले राज्यका हरेक तह तप्का पार्टीको जिम्मेवार तह , न्यायपालिका , हरेक प्रशासनिक निकाय , सुरक्ष सयंन्त्र मा रहेर जिम्मेवारी बहन गर्न सक्छन सुनारले खबरदारी शैलीमा भने । संयोजक सुनारले अधिकार कागजमा होइन अाजका दलितले व्यवहारमा चाहेका छन । अब पनि दलितलाई कमजोर ठानेर झुक्याउन खोजिनु मुर्खता हुनेछ ।
दलितका परम्परागत सीप खोसिएका छन श्रम मा शोषण गरिएको छ, हिजो दलितले आफ्ना परम्परागत सीप गर्दासम्म राज्यबाट कुनै सहयोग पाउन सकेका थिएनन तर आज कथित गैरदलितले व्यवसायीक सिलाईकटाई,फलामको काम , जुत्ता सिलाउने लगायत काम गरिरहदा राज्यकोषबाट मनमानी ढंगबाट अनुदान वितरण गर्ने गरिएको कुरा पढेलेखेका दलितलाई राम्रोसँग थाह भएको कुरा उनले दावि गरे ।
हालसम्म देशका विभिन्न जिल्लामा भेला गरि कमिटी गठन गर्न सफल भएको र आगामि केही महिना भित्र ७७ वटै जिल्लामा कमिटी गठन गरि संघिय सरकार काठमाडौंमा एकलाख दलित युवा उतार्दै राष्ट्रिय भेला सफल पार्ने लक्ष्य रहेको राष्ट्रिय दलित मुक्ति जागरण पश्चिम संयोजक खगेन्द्र सुनारले जानकारी दिए ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल देशका विभिन्न जिल्लामा गठन भइरहेको छ । यस अभियानले दलित समुदायका घटना क्रमहरु लाइ निरन्तर आवाज उठाइरहेको छ । यतिबेला अभियान देशव्यापी रुपमा परिचित छ । अभियानमा दुइ जना केन्द्रीय संयोजक छन् पश्चिम संयोजक खगेन्द्र सुनार हुन भने पुर्वी संयोजक राजेश विद्रोही छन् ।


