१३ मंसिर २०८३, शनिबार

निकम्मा कृषि मन्त्रीको हर्कत : किसान मलखाद नपाएर सडकमा, मन्त्री महेन्द्रराय यादवको ध्यान आफनै आसनमा

एसीपी संवाददाता

११ पुष २०७८, आईतवार १४:३० मा प्रकाशित

११ गते पौष २०७८ । अहिले नेपालका किसानले मलखाद्य पाएका छैनन् । मलखाद्य त छोडौं आफूले उत्पादन गरेको कृषिवस्तुको उचित मूल्य पनि पाइरहेका छैनन् ।

यसरी कृषकहरु मारमा परेका बेला कृषि तथा पशुपन्छी मन्त्री भने एनजीओको भत्ता पचाउँदै हिँडेका छन् । जनताको अधिकारका लागि भनेर आन्दोलन गरेर सरकारमा आएका जसपाका वरिष्ठ नेतासमेत रहेका महेन्द्रराय यादवले किसानको समस्यामा आँखा चिम्लिएका छन् ।

खासगरी तराई मधेसका किसानहरु अहिले मर्कामा परेका बेला मधेसबाट उदाएका नेता यादवले मन्त्री बनेपछि किसानलाई चटक्क बिर्सिएका छन् । जसका कारण किसानहरु आन्दोलित भएका छन् । सडकमा उत्रिएका छन् ।

आइतबार पनि तराईमा किसानहरुको समस्या समाधानको माग गर्दै जनमत पार्टी र किसान आन्दोलन संघर्ष समितिले घोषणा गरेको आमहडताल गरेका छन् । हड्तालका कारण पूर्वपश्चिम राजमार्गको सिरहा खण्ड बिहानैदेखि अबरूद्ध हुनुका साथै बजारहरु बन्द रहेका छन् ।

किसानहरुले आवश्यक मलखाद्य र बिउको माग गरेका छन् । किसानमाथिको दमन बन्द, मुद्दा फिर्ता गर्न पनि माग गरेका छन् । किसानहरु दिनदिनै आन्दोलित भइरहेका बेला यता मन्त्री यादव भने एनजीओका कार्यक्रममा भाषण गर्दै भत्ता पचाउँदै हिँडिरहेका छन् ।

एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियनलगायतले बुधबार जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए ।

कार्यक्रमको नाम किसान भेला दिइए पनि किसानका नेता तथा एनजीओकर्मीहरुको बोलवाला थियो । मंगलबार नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एशोसिएशन (नेम्भला) ले आयोजना गरेको कार्यक्रममा सहभागी थिए कृषि मन्त्री यादव ।

मन्त्रालयका कर्मचारीहरुका अनुसार मन्त्री यादवले एनजिओका कार्यक्रममा आफै रुची देखाउने गरेका छन् । उनको कार्यक्रममोहले मन्त्रालयको काम पनि प्रभावित भएको छ । उनी मन्त्रालयमा नबस्ने गरेको गुनासो कर्मचारीहरुको छ ।

मन्त्रालयभित्र र बाहिर किसानको समस्या हुँदा पनि मन्त्री यादव मस्तले डुलिरहेका छन् । काम गर्ने, किसानका समस्या समाधान गर्नेभन्दा पनि आफ्नो दुनो सोझ्याउने, कार्यक्रम मोह देखाउने जस्तो गैरजिम्मेवार हर्कतमा यादव लागेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x