६ आश्विन २०८३, मंगलवार

काग्रेस सभापतिलाई प्रधानमन्त्रीबाटै हटाउने अहंकारी अभिव्यक्ति दिने मीनेन्द्र रिजाल र शेखरको रुवाबासी

एसीपी संवाददाता

१८ पुष २०७८, आईतवार ०७:२४ मा प्रकाशित

नेपाली कांग्रेसको १४औं महाधिवेशन चल्दै गर्दा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार डा. मीनेन्द्र रिजाले अहंकारले भरिएको अभिव्यक्ति दिए, ‘शेरबहादुर देउवालाई सभापतिमा हराउँछौं । प्रधानमन्त्रीबाटै पनि हटाउँछौं ।’

अरु नेताले सभापतिमा हारे पनि देउवा नै चुनावसम्म प्रधानमन्त्री रहिरहने उल्लेख गर्दै आएकामा रिजालले घमण्ड देखाएका थिए । त्यो घमण्ड त देउवा सभापति बनेर, महामन्त्रीमा लज्जास्पद भोट पाएबाटै चुर भइसकेको छ । तर पनि डाक्टर विद्धान भएर त्यस्तो घमण्ड देखाउने रिजाललाई देउवाले औकातमा झारिदिएका छन् ।

शनिबार रामचन्द्र पौडेलसहित १० केन्द्रीय सदस्य मनोनित गरेका देउवाले रिजाललाई समेटेनन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले शनिबार पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य बनाए ।

तर महामन्त्रीको उम्मेदवार हुँदैमा भइँमा खुट्टा छाडेर फुरफुर उडेका रिजालको अहिले भने बुरा हाल भएको छ । आफ्नो टिमको मीनेन्द्र रिजाल केन्द्रीय सदस्य मनोनित नभएपछि शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x