१८ आश्विन २०८३, आईतवार

स्वर्गीय खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एपिएफका खेलाडीलाई

एसीपी संवाददाता

१९ पुष २०७८, सोमबार ०६:१८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एपिएफ क्लबका दीक्षा तामाङ र पुलिसका स्यान्टु श्रेष्ठले हात पारेका छन्।

 

 

दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। उनले ४० हजार रूपैयाँसहित  मेडल र ट्रफी प्राप्त गरेकी छन्। द्वितीय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेकी छन्। त्यस्तै‚ तेस्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०/१० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै बिनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधि हात पारेका छन्।

उनले ४० हजार रूपैयाँ मेडल र ट्रफी प्राप्त गरे। बिनेशले द्वितीय स्थान हासिल गरी नगद २० हजार प्राप्त गरेका छन्। त्यस्तै‚ तेस्रो स्थानमा रहेका सेनाका दीप साउन र एपिएफका संयोग कपालीले नगद १०/१० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

पुस १६ देखि १८ गतेसम्म सञ्चालित प्रतियोगितामा ३ विभागीयसहित २८ टिमको सहभागिता रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x