अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो- महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने टिप्पणी गरेका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको भन्दै अबको चुनावमा एमालेले दण्ड पाउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता थापाले भनेका छन्, ‘२०७४ मा माओवादीले बहुमत ल्याएपनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्, ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’
यस्तै उनले आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने बताएका छन्।
कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको उनको आरोप छ ।


