१३ मंसिर २०८३, शनिबार

कम्युनिस्टको गढ भत्किएको किल्ला पुगेका देउवाले भने अब देशैभरि कांग्रेसको कब्जा हुन्छ

एसीपी संवाददाता

२१ पुष २०७८, बुधबार १०:४६ मा प्रकाशित

धरान – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि धेरै राम्रो कार्य भएको बताएका छन् । कम्युनिस्टको गढ मानिने यस क्षेत्रमा तोड्दै राई विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको बताएका हुन्।

धरान उपमहानगर पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा उनले पार्टी एकताको सङ्केत धरानले दिएको बताएका छन्। पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउन लागेको तिनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन्। महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोडी दिनुपर्ने देउवाले जानकारी दिएका छन्।

धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताएका छन् । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले बताएका हुन् । उनले अब देशैभरि कांग्रेसले कब्जा गर्ने बताएका छन् ।

पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अटो चढेर अवलोकन गरेका छन् । त्यसपछि धरान उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x