१३ मंसिर २०८३, शनिबार

बतासमाथि एक्सन लिएका पर्यटन मन्त्रीको प्रधानमन्त्रीले गरे प्रशंसा, प्रेम आलेको निर्णयले खुसी

एसीपी संवाददाता

२३ पुष २०७८, शुक्रबार १०:४७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् ।

हालै बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री देउवाले राम्रो काम गरेको भन्दै आलेलाई ‘स्याबास आलेजी, यस्तै राम्रो काम गर्दै जानुस्’ भनेर प्रशंसा तथा शुभकामना दिएका हुन् । मन्त्रीले आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि थुप्रै काम गर्दै आएका छन् ।

डुब्न लागेको नेपाल वायु सेवा निगमलाई बलियो बनाउनेदेखि, जहाज, यात्रुको सुविधाका लागि माइक्रो बस सञ्चालनसम्म गरेका छन् । विदेश जाने श्रमिकलाई छुट सम्म दिएका छन् । अहिले आएर बतास समूहले सरकारी सम्पत्ति संरक्षण र सम्पदा राजनीतिक पहुँचका आधारमा कब्जामा लिएर व्यापार गर्न लाग्दा आलेले रोकेका छन् ।

सम्पदा स्थलमा संरचनाहरु बनाउन नदिने अडान लिएका छन् । एकपछि अर्को आलेको कामले सरकारको समेत प्रभावकारी देखिएपछि प्रधानमन्त्री देउवाले स्याबासी दिएका हुन् । मन्त्रिपरिषदमा आलेले सार्वजनिक सम्पत्तिहरुको संरक्षणका लागि आफूले जस्तोसुकै हदसम्म जान तयार रहेको, पद नरहे पनि आफू पछि नहट्ने बताएका थिए ।

आलेको दृढता र एक्सनबाट प्रभावित प्रधानमन्त्रीमात्र होइन मन्त्रिरपरिषदका सदस्य अरु मन्त्रीले पनि उनको प्रशंसा गरेको एक मन्त्रीले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x