चीन–पाकिस्तान सञ्चारलाई रोक्न इरानको चाबहार बन्दरगाहको विकास तिव्र
एजेन्सी । जुनसुकै षड्यन्त्र लाई विवेकपुर्ण तरिकाले बिफल गर्न सकिन्छ । विश्व राजनीतिमा जतुर्याई गर्न सिपालु नभए कतिवेला सखाप होलान भनि थाहा हुँदैन । आफ्ना प्रतिद्वंद्वी को हरेक चालमाथी नजर राखि उसको उपयुक्त समयमा जवाफ दिनलाई तयार भएर बस्नु पर्ने हुनछ । र भारत सरकारको वैदेशिक कुटनितिक अहिले संसारमै अव्वल मानिएको छ ।
भारतले चीन–पाकिस्तान सञ्चारलाई रोक्न इरानको चाबहार बन्दरगाहको विकासलाई तीव्रता दिएको छ । इरानमाथि अमेरिकी प्रतिबन्धका कारण सुस्ताएको आयोजनाको गति अहिले पाकिस्तान र चीन दुवैका लागि चिन्ताको विषय बनेको छ । सोमबार दोस्रो पटक भारतले बन्दरगाहमा क्रेनसहित थप उपकरण पठाएको छ । यसअघि जनवरीमा भारतले बन्दरगाहमा दुईवटा मोबाइल हर्न क्रेन जडान गरेको थियो। यही असारमा भारतमा थप दुई क्रेन पठाइने बताइएको छ ।चाबहार बन्दरगाहका कारण भारतले सिधै अफगानिस्तान र इरानमा आफ्नो सामान पठाउन सक्नेछ । यसबाहेक भारतले रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, काजाकिस्तान र उज्वेकिस्तानसँग पनि व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको छ। मध्य एसियाका अधिकांश देश जमिनले घेरिएका छन् । त्यसैले चाबहारमार्फत भारतले यी देशहरूलाई कम लागतमा आफ्ना उत्पादनहरू आपूर्ति गर्न सक्षम हुनेछ। बन्दरगाहका कारण रुसबाट हतियार खरिद गर्दा भारतले भोग्दै आएको व्यापार घाटा पूर्ति गर्न सकिन्छ ।
पाकिस्तानको गदर बन्दरगाह विरुद्ध भारतको यो सम्झौता भएको हो ।
इरानको चाबहार बन्दरगाह चीन र पाकिस्तानले संयुक्त रुपमा विकास गरेको गदर बन्दरगाहसँग भिड्नेछ । भारतका लागि अर्को खुसीको खबर यो हो कि अमेरिकाले बन्दरगाहलाई इरानमाथिको प्रतिबन्धबाट मुक्त राखेको छ।
साथै भारतले अफगानिस्तानदेखि इरानको चाबहारसम्म पनि सडक बनाएको छ । यसले भारत सरकारको राजनीतिक र कुटनितिक परिपक्वता दर्शाउँछ । उसले आफ्नो वैदेशिक नीति स्वच्छ, न्यायमुखी र व्यवस्थित बनाउदै दुश्मनको नींद हराम गरेको छ ।


