चीनीयाँ चंगुलमा नेपालको राजनिति, अदृश्य रुपमा शासन संचालनको प्रयास
नेपालको आन्तरिक मामिलामा लगातार हस्तक्षेप गर्ने प्रयास गरिरहेको चीनको व्यवहार अपच्य हुँदै गएको छ । एक अखण्ड राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता माथीको प्रहार कदापी सह्य हुन नसक्ने प्रष्ट छ ।
यसको बिरुद्ध बोल्न धेरै हिच्किचाहटहरुको सामना गर्नु परेको छ । तर बिस्तारै यसले आफ्नो आकार फैलाउदै लगेपछि , निकटतम भविष्यमा हुनसक्ने खतरालाई धेरैले महशुस गर्न थाले । जसका कारण चीनीयाँ सरकारको अनैतिक हस्तक्षेप बिरुद्ध आवाजहरु उठ्न थालेको छ । केहि दिन अगाड़ी गण्डकी प्रदेश सरकारका एकजना इन्जिनियरले चीनको यथार्त वर्णन गर्दै उसलाई संसारकै अब्बल धुर्त व्यापारीको रुपमा फेसबुकमा लेखेका थिए ।
त्यसैगरी आज फेरी फेसबुकमा चीनीया पक्षको अस्वभाविक नियंत्रणको प्रयासले चर्चा पाएको छ । आज प्रदेश २ को जसपा सांसद श्री बिन्देश्वर प्रसाद यादव (बिक्की) ले चीनको हस्तक्षेपमाथी सवाल उठाएका छन । पछिल्लो राजनितिक घटनाक्रमहरुले पनि चीनको महत्वाकांक्षी प्रभाव नेपालमा हावि रहेको उनको तर्क रहेको छ । कम्युनिष्ट दलहरु देखि लिएर मधेशवादी पार्टीहरु पनि चीनिया प्रभावमा राजनैतिक चालहरु चलिरहेको देखिन्छ । तत्कालिन माओवादी र एमालेको गठबंधनमा सिधा नियंत्रण चीनीया राजदुतको भुमिकाले प्रष्ट भएको थियो । चिनले दक्षिण एसियाको राजनितीक वृत्तमा आफुलाई शक्तिशाली रुपमा उभ्याउन अन्य राष्ट्रहरुलाई आर्थिक प्रवोभनमा पार्ने पर्यत्न तिव्र गरेको पाईन्छ । श्रीलंका, बंगलादेश, पाकिस्तान लगायतका देशलाई भरपुर आर्थिक भारमा पारेर आफ्नो ईशारामा चल्न बाध्य पारेको अहिले देख्न सकिन्छ । भारत संग सम्बन्ध बिगार्नका हेतु पनि चीनले नेपालमा खेल गरिरहेको छ । त्यसका लागि नेपाली राजनितिक दलका नेताहरुलाई उसले ठुलो आर्थिक लाभका लागि लालच दिने गरेका छन । यहाँ सम्म की भारतका बिरुद्ध अभिव्यक्तिका लागि पनि उसको ठुलै आर्थिक लगानी काम गरिरहेको छ ।
तर अब नेपालमा उक्त कुराहरु माथी जनता बोल्न थालेका छन । चीनले अन्य देश लाई हड़प्न गरेको प्रयासहरुबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताईन्छ । चीनले व्यापार मात्र गर्न जानेको छ । उसले सहयोग गर्नु पुर्व आफ्नो फाईदा सुनिश्चित गर्ने गर्दछ । नेपाल चैं सदैव आपसी भईचाराको निति लिई काम गर्नु पर्ने मुलुक हो । कसैको बिरुद्ध गोटी बन्नु पर्ने अवस्था प्रति हामी बेलैमा सचेत हुनु पर्छ ।
यता सप्तरीको शम्भुनाथ नगरपालिका मा आयोजित हिन्दुवादी पत्रकारहरुको कार्यक्रममा पनि वक्ताहरुले चीनलाई खबरदारी गरेका छन । उनिहरुले चीनको तानाशाही रबैया प्रति आक्रोशपुर्ण चिंतन देखाएका छन ।


