६ आश्विन २०८३, मंगलवार

के पाकिस्तानी मिडियामा काम गर्ने पत्रकारले बनाए फेक यस्तो भिडियो ?

एसीपी संवाददाता

७ माघ २०७८, शुक्रबार ०२:३८ मा प्रकाशित

नेपाल, भारत र चीनको सिमा सुरक्षाका विषयमा आधारित रहेर अहिले सामाजिक सञ्जामा एउटा भिडियो चर्चामा छ। विशेष गरी नेपालको कालापानी र लिपुलेक क्षेत्रमा भारतीय दादागिरी वढेको र भारतीय सेनालाई हटाउन नेपाली सेनाले चीनियाँ जनमुक्ति सेनासँग सहकार्य गरिरहेका विषय भिडियोमा उल्लेख गरिएको छ।

नेपाली सेना र चीनियाँ सेनाका विभिन्न समयका गतिविधिलाई समेटेर तयार गरिएको उक्त भिडियोमा भनिएको छ– नेपाली सेनाले चीनसँग सहकार्य गरेर कालापानीमा शैनिक क्याम्प स्थापना गर्ने भएको छ। चीनियाँ जनमुक्ति सेनाका प्रमुख र नेपाली सेनाका इन्चार्ज विच यस्तो सहमति भएको प्राप्त खवरमा उल्लेख गरिएको छ।

भारतले कालापानीमा दादागिरीपूर्ण तरिकाले आफना गतिविधि गरिरहेकाले नेपाली सेनाले चीनसँग सहयोग मागेको हो। यसैविच कालापानीमा भारतले दवाव वढाउन थालेपछि नेपाली सेनाले पनि विभिन्न सतर्कता तालिम सञ्चालन गर्न थालेको वताएको छ। नेपाली सेनाले हतियारको मर्मत र नयाँ हतियारको परिक्षण तथा प्रक्षेपण गर्न थालेको सेनाले वताएको छ।

हालैका दिनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा आएर सरकारले लिपुलेकमा बाटो फराकिलो वनाई रहेको र कसैले अवरोध गर्न खोज्यो भने त्यसलाई कडा जवाफ दिने वताएका थिए । यसैविच भारतका सञ्चार माद्यमहरुले लिपुलेकमा सडक चौडा गर्ने तथा कालोपत्रे गर्ने काम जारी रहेको वताएका छन् ।

भिडियोमा पाकिस्तान प्रधानमन्त्री इमरान खानको भनाईलाई पनि जवरजस्ती घुसाईएको छ। भारतले नेपाल, भुटान, पाकिस्तान, श्रीलंका लगायत धेरै देशको भुमि तथा सामुद्रिक मार्ग कब्जा गरेकाले अव सार्क राष्ट्रले भारतलाई हटाएर नयाँ सार्क अगाडि वढाउनु पर्ने उनको भनाई राखिएको छ।

भारतको गोरखपुरमा अमेरिकी सेनाको विशेष क्याम्प रहेको खुलासा पनि गरिएको छ। नेपालमा एमसीसी पास भएपछि आणविक भट्टी र मिसाईल परिक्षणमा ल्याईने अमेरिकाको योजना रहेको भिडियोमा वताईएको छ।

चीन सरकारले वेल्ट एण्ड रोड परियोजना (विआरआई) अगाडि वढाएपछि त्यो परियोजना रोक्ने प्रयास स्वरुप अमेरिकाले एमसीसी परियोजना नेपालमा ल्याएको आरोप पनि छ।

यो भिडियो अर्जुन श्रेष्ठ नामको फेसवुक आइडिबाट शेयर गरिएको छ। लिंकमा भने वसन्त डट श्रेष्ठ डट फाईफ राखिएको उक्त फेसवुक आईडि आफैमा संदिघ्ध छ। फेसवुकको इन्ट्रोमा करेस्पोन्डेन्ट एक्स्प्रेस न्युज लेखिएको छ। एक्स्प्रेस न्युजको फेसवुक पेज भने पाकिस्तानबाट सञ्चालनमा रहेको पाईएको छ। जसको ठेगाना प्लट नं. ५, एक्सप्रेसवे, अफ कोराङ्गी रोड कराची पाकिस्तान उल्लेख गरिएको छ।

यतिमात्र होईन, अर्जुन श्रेष्ठ नामको संदिघ्ध फेसवुक आईडिबाट भारत विरुद्धका सामग्रहीहरु प्रचार/प्रसार गर्ने गरिएको छ।
हुन त यो भिडियोको सत्यता माथि शंका गर्ने धेरै आधार छन् । तर, यसलाई सत्य मान्ने हो भने ‘यदि चीनियाँ सेना नेपालमा छिर्यो भने के होला?’ भन्ने अहम प्रश्न उब्जिन्छ। किनकी चीन आफैं विस्तारवादी मुलुक हो। चीनले धेरै देशमा आफनो गिद्दे दृष्टि गाडेको छ भने सिमा मिचेर भौतिक संरचना नै वनाएको छ।

चीनले नेपालमा पनि धेरै ठाउँमा सिमा अतिक्रमण गरेको छ। हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको रिपोर्ट कृषि मन्त्रालयको नापी शाखाले केही वर्षअगाडि सार्वजनिक गरेको थियो। यद्यपी अहिले उक्त रिपोर्ट आधिकारीक नभएको दावी गरिदै आएको छ।

चीनले नेपालमा पनि धेरै ठाउँमा सिमा अतिक्रमण गरेको छ। हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको रिपोर्ट कृषि मन्त्रालयको नापी शाखाले केही वर्षअगाडि सार्वजनिक गरेको थियो। यद्यपी अहिले उक्त रिपोर्ट आधिकारीक नभएको दावी गरिदै आएको छ।

उक्त रिपोर्ट अनुसार चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको थियो ।

यस्तो अवस्थामा कालापानीको वहना वहाना वनाएर नेपालमा चीनियाँ सेना परेड खेल्ने अवस्था वन्यो भने जसरी भारतले सिक्खिम र चीनले तिब्बत कब्जा गर्यो त्यसै गरी नेपालको सार्बभौमिक्ता जोखिममा पर्ने जानकारहरु वताउँछन् । चीनले नेपालको प्राकृतिक श्रोतमा गिद्देनजर लगाईरहेको छ । काठमाण्डौंको ठमेल वजार, पोखराको लेकसाईट, भैरहवा बिमानस्थल र पोखरा बिमानस्थलमा चीनको कब्जा छ।

नेताहरूलाई पैसाको बिटो दिएर ठुला परियोजनाहरु कब्जा जमाईरहेको छ। चीनले नेपालका नेताहरुलाई कसरी खरिद गर्छ र आफनो स्वार्थ पुरा गर्छ भन्ने कुरा महरा काण्डबाट पनि पुष्टि हुन । २०६७ भदौमा सार्वजनिक एक अडियोमा माओवादीका नेता कृष्णवहादुर महराले चीनियाँ नागरिकसँग ५० करोड मागेका थिए। अडियोमा प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै महराले उनीसँग ५० करोड रुपैयाँ मागेका थिए । सांसद किनबेचको विषय नेपाली राजनीतिमा नयाँ थिएन। तर, मूल्य नै तोकेर फरक देशको प्रधानमन्त्री वनाउन चीनियाँ नागरिकले यसरी पैसाको वार्गेनिङ्ग गरेको विषय त्यस वेला निर्क चर्चामा आएको थियो।

यो प्रकरणले पनि नेपालमा चीनले के–केसम्म गर्न सक्छ भन्ने कुरा पुष्टि गर्छ। तर, अनेक उपाय लगाए पनि चीनले नेपालमा हात पारेका अधिकांश योजना लथालिङ्ग र अधुरा छन् ।

अर्कोतर्फ मुस्ताङको युरेनियममा पनि चिनले आफनो नजर गाडेको छ। आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनीयमलाई ‘रणनीतिक खनिज’ मानिन्छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङमा युरेनीयम पाइने सङ्केतहरू देखा परेका छन्।

उनका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ। तर, यस क्षेत्रमा अहिले चीनियाँहरुको अस्वभाविक गतिविधि वढेको छ। लोमान्थाङ चीनियाँको अघोषित कब्जामा छ। त्यहाँ बाहिरको कोही ब्यक्ति पुग्नेबित्तिकै चीनियाँहरुले जानकारी पाउने गरेका छन् । उनीहरुले त्यस क्षेत्रमा सुचक राखेर निगरानी गर्ने गरेको स्थानीयवासीहरु वताउँछन् ।

यस्तो अवस्थामा चीनियाँ सेना नेपाल प्रवेश गर्यो भने नेपालको सार्बभौमिक्ता जोखिममा पर्ने जानकारहरु वताउँछन् । त्यसैले कालापानीमा क्याम्प स्थापना गर्न चीनियाँ जनमुक्ति सेनासँग सहकार्य गर्ने भन्दै तयार गरिएको भिडियो फेक भएको उनिहरुको वुझाई छ। यस्तो भिडियो वनाउन र भ्रम श्रृजना गर्न गिरोहनै सकृय रहेको उनीहरुले दावी गरे।

एक सैनिक उच्च अधिकारीले पनि उक्त भिडियो भ्रामक भएको वताए । सम्भावना नै नभएको विषयमा भ्रामक सामग्री तयार गर्नु गलत भएको उनको भनाई छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x