नेपालमा चिनको रणनीतिक स्वार्थ”
नेपालका राजनीतिकदलहरु यतिखेर आन्तरिक राजनीतिमा रुमलिरहेकोबेला चिनले भने नेपालमा भु–राजनितिक सामारिक तथा कुटनैतिक हिसावले दुरगामि प्रभाव पार्ने घटनाक्रमहरु विकास गरिरहेको छ । अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि अमेरिकाको आन्तरिक सुरक्षा नितिमा नेपालको उतरी छिमेकी चिन लाई प्रमुख सुरक्षा चुनौतिको रुपमा किटान गरेपछी चिनले नेपालमा रणनितिक प्रभाव जमाउन खोजिरहेको छ । नेपालको राजनैतिक संकटमा चिनको अन्तरविरोध पुर्ण रणनिति र शक्ति राष्ट्रहरुको भु–राजनितिक स्वार्थ र नेपालको सामाजिक संवेदनशिलतालाई उजागर गरेको छ ।
नेपालमा चिन बाह्य शक्तिलाई रोक्न कुटनितिक , भु–राजनितिक, सामाजिक आर्थिक तथा व्यापारिक स्वार्थहरु लाद्न खोजिरहेको छ । चिनको उक्त स्वार्थ बाट नेपालमा गम्भिर असरहरु पर्न सक्ने देखिन्छ । नेपालले अल्पकालिन,हचुवा र दलगत स्वार्थका आधारमा होईन चिनको स्वार्थका कारण सिर्जना हुने सम्भावित चुनौती र जोखिमको वस्तुनिष्ठ विश्लेषण गरी नेपालले उपयुक्त निति, रणनिती र कुटनिति अख्तियार गर्नुपर्ने हुन्छ । ताकी भविष्यमा नेपालको राष्ट्रियता र अखण्डतामा कुनै खतरा उत्पन्न नहोस। नेपालमा एक दशकबाट चिनको कुटनिती र रणनितिक स्वार्थ निरन्तर बढ्दै गईरहेको छ ।
चिनको विदेश निति, सुरक्षानिति,एसिया तथा नेपाल केन्द्रित नितिहरुको विश्लेषण गर्दा कुटनितिक प्रतिस्पर्धा र रणनितिक स्वार्थले भविष्यमा जटील र पेचिलो हुदै जाने सम्भावना बढेर गएको छ । चिनको यस्तो अवान्छित र अस्वभाविक भु राजनितिक स्वार्थले नेपाल सरकारले आंकलन गरेभन्दा धेरै जोखिम र घातक चुनौतीहरुको सामना गनुपर्ने देखिन्छ । चिनले आफ्नो राष्ट्रिय स्वार्थ अनुरुप नेपाललाई उच्च प्राथमिकता दिए पनि यसको उदेश्य भनेको नेपालमा अरु शक्ति राष्ट्रहरुको उपस्थित लाई रोक्नु नै हो ।
यो चिनको अन्तराष्ट्रिय रणनिती हो । २३ बर्ष पछि गतवर्ष चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पछी अप्रत्यासित रुपमा नेपाल चिन रणनितिक साझेदारी गरेपछी घोषित प्रतिस्पर्धाको थालनी भएको छ । उक्त भ्रमण पछी अल्पकालिन सोच र सामाजिक सम्बन्धको भ्रामक धारणाका कारण सरकारको स्यम चिनको घोषित रणनितिक प्रतिस्पर्धाको स्वार्थलाई स्वीकार गरेको छ । जुन नेपालको हित, आर्थिक विकास र राष्ट्रिय सुरक्षाको दृष्टिले खतरा बनेको छ । नेपालमा चिनको पहिलो रणनितिक स्वार्थ भनेको वेल्ड एण्ड रोड इनिसिएटिभ( BRI ) लाई सफल बनाउनु हो । यदी नेपालमा ( BRI) लाई सफल बनाउन सकियो भने अरु शक्ति राष्ट्रको उपस्थिती लाई नेपालमा रोक्न सजिलो हुन्छ भन्ने बुझेर नै चिनले नेपालमा लगानी स्वीकार गर्न दवाव सिर्जना गर्दै आईरहेको छ ।
( BRI) मार्फत चिनिया लगानी, बजार विस्तार , कुटनितिक तथा शैन्य विस्तार प्रभाव चिनका घातक उदेश्य हुन् । नेपालमा विधमान अरु मुलुकको प्रभावलाई न्युनिकरण गरी आफ्नो आर्थिक कुटनितिक तथा शैन्य प्रभाव विस्तार गर्नु नै चिनको नेपालको लागि विदेशनिति बनाएको छ । विगतमा शान्त कुटनिती अख्तियार गर्दै आईरहेको चिनले नेपालमा कम्युनिष्ट सरकार बनेपछी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुटनिती अवलम्बन गर्दै आईरहेको छ । नेपालको राजनैतिक घटनाक्रममा पनि चिनको उच्च राजनैतिक सक्रियता रहदै आईरहेको छ । चिनको नेपाल प्रतिको राजनैतिक सक्रियताले नेपालको विदेशनिति मा समेत दुरगामि असर पर्ने देखिन्छ । विकास परियोजना र कुटनैतिक सम्बन्धका नाममा चिनको प्रतिस्पर्धाले प्रतिफल स्वरुप नेपालमा पछी गएर अरु शक्ति राष्ट्रहरुको लगानीलाई निस्तेज पार्न सक्छ । तसर्थ नेपालले वि.आर.आई परियोजना र चिनको अरु रणनितिक स्वार्थलाई स्वीकार गर्दा सकरात्मक र नकरात्मक परिणामबाट शिक्षा लिएर उपयुक्त निर्ण लिनु आवश्यक छ । नत्र आर्थिक अवस्थामा नेपालको हालतपनि श्रीलंका जस्तो बन्ने अवस्था आउन सक्छ ।


