११ आश्विन २०८३, आईतवार

चिनले गरेको सिमा अतिक्रमण र नेपाल सरकारको मौनता

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०३:०६ मा प्रकाशित

चिनको अनिच्छाको कारण आठ वर्ष अघी रोकिएको सिमा वार्ता अझै हुन सकेको छैन । प्रत्येक १० वर्षमा एक पटक गनुपर्ने सिमा वार्ता १५ वर्ष वितिसक्दा पनि हुन सकिरहेको छैन । स्थगित भएको सिमा वार्ताको फाईदा उठाउंदै चिनले नेपालको  उतरी हिमाली क्षेत्रको धेरै ठाउंमा सिमा अतिक्रमण गरेको छ ।

नापी विभागकै तथ्याङक अनुसार पनि चिनले नेपालको सिमा मिचेको तथ्य सार्वजनिक गरेको छ । तर यसमा सरकार भने मौन बसेको छ । सिमा मिचिएको तथ्य सार्वजनिक हुदा पनि समस्या हल गर्न सरकारले कुनै चासो देखाएको छैन । नापी विभागको तथ्याङक अनुसारनै ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ४६ रोपनी जग्गा र गोरखा र दार्चुलाका एक एक नेपाली गाउं नै चिनले अतिक्रमण गरेको तथ्य सार्वजनिक भएको छ । नापी शाखाका अनुसार दोलखाको उतरी भेगको ९९ रोपनी तथा हुम्ला , सिन्धुपाल्चोक , संखुवासभा र रसुवाको ६४ हेक्टर जमिन बर्षौ देखी चिनले अतिक्रमण गरेको छ ।

चिन सित २००५ भन्दा यता सिमा वार्ता हुन सकेको छैन । सन् २०१२ मा हुन लागेको वार्ता चिनिया पक्षको अनिच्छाको कारण रोकएको थियो त्यस पछी कुनै पहल नहुंदा सिमा समस्या यथावत रुपमा रहेको छ । चिनले दोलखाको विगु गा.पा को कोलाङ्ग  क्षेत्रमा रहेको ५७ नम्बरको सिमा स्तम्भलाई करिव १५ सय  मिटर नेपाल तर्फ सारेर ९९ रोपनी जमिन अतिक्रमण गरेको छ ।  यही सिमा विवाद टुङगयाउन र व्यवस्थित गर्ने सम्बन्धमा अहिले सम्म हस्ताक्षरण हुन सकेको छैन । चिनले २००५ मा  दोलखाको केर्लाङ्गमा रहेको ५७ नं को सिमा स्तम्भलाई लाई गायव पारिदिएको थियो । पछी त्यो स्तम्भ १५ मिटर  तल नेपाली भुमिमा गाडीएको भेटिएको थियो ।

चिनले दोलखा बाहेक अझ अरु ६ ठाउंमा सिमा अतिक्रमण गरेको तथ्य फेला परेको छ । हुम्लाको भागदारे खोलामा ६ हेक्टर, कर्णली नदीमा ४ हेक्टर , रसुवाको सान्जेन खोलामा २ हेक्टर , भुर्जुग खोलामा १ हेक्टर , जम्बु खोलामा ३ हेक्टर , सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर , भोटेकोसिमा ४ हेक्टर , संखुवासभा सुमजुग खोलामा ३ हेक्टर , कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर जमिन सिमा चिनले अतिक्रमण गरेको छ । नेपाल चिन सिमामा तिनवटा सिमा स्तम्भ गायव भएका छन् ।

गोरखाको सिमानामा पर्ने ३५,३७ र ३८ नं सिमा गायव छन् । यी स्तम्भ गोरखाको रुई गाउं र तमो खोलामा पर्छन् जुन ६० वर्षदेखि चिनको अतिक्रमणमा परेका छन् । उक्त क्षेत्र चिनको स्वशाषित क्षेत्र तिब्बतको अधिनमा रहेको छ । नेपाल र चिन विच १४१४.८८ किलोमिटरको सिमा छ त्यस्मा सिमाम छुट्याउनको लागि ९८ वटा सिमा स्तम्भ गाडिएका छन् । ति मध्ये धेरै ठाउं अहिले चिनको अतिक्रमणमा परिसकेका छन् । सरकारले सिमाको सुरक्षा गर्न सकिरहेको छैन । सिमा क्षेत्रमा बस्ने नेपाली बासिन्दाहरु गास,बास।कपासको लागि  चिनमा निर्भर भएको हुंदा त्यत्रो जमिन अतिक्रमण हुंदा पनि स्थानियले विरोध गर्न सकिरहेका छैनन् ।

यती मात्र होईन चिनले ताप्लेजुङ्ग देखि दार्चुला सम्मका अरु भु–भाग पनि मिचेको हुन सक्ने नापी विज्ञहरु बताउंछन् भौगोलिक प्रतिकुलताका कारण नेपाली टोली धेरै स्थानमा पुग्न सकिरहेको छैन त्यस्को फाईदा उठाउंदै चिनिया पक्षले नेपाली भुभाग आफ्नो कब्जामा लिने गरेको छ । यसैको फल स्वरुप  अहिलेको यो अतिक्रमणमा भईरहेको छ । चिनले हुम्लाको नाम्खा गाउंपालिका वाड.न. ६ लिमीको लाप्चा लङजोङ ईलाकामा त चिनले नेपाली भुमि मिचेर ११ वटा भवन नै बनाएको छ ।

यसमा स्थानिय जनताले प्रतिकार गरेपछी मात्र यो बाहिर आएको थियो । यसरी देशका विभिन्न भागमा चिनले सिमा अतिक्रमण गर्दा पनि  सरकारले समस्या सामाधानको लागि कुनै पहल नगरेको गुनासो आईरहेको छ भने चिनिया पक्ष भने नेपाल चिन सिमामा कुनै समस्या नरहेको भनि खण्डन गरिरहेको छ । यस अर्थमा अव चिनद्धारा मिचिएको भुमि फिर्ता लिन र बांकी जमिनलाई अतिक्रमण बाट बचाउन जनस्तरबाट नै सरकारलाई दवाव सिर्जना गनुपर्ने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x