११ आश्विन २०८३, आईतवार

चिनियाँ ऋण पासोमा पर्दै अफ्रिकी देशहरु

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०३:१३ मा प्रकाशित

एजेन्सी: चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) विश्वभर बढाइरहेको छ । उसले ऋण दिदै विभिन्न देशहरुलाई प्रभावमा पारिरहेको छ । चीनको ऋणको पासोमा परेर कतिपय देशहरु समस्यामा परेका छन् । पछिल्लो समय श्रीलंका ठूलो संकटमा पर्न थालेको छ ।

चीनले अफ्रिकी मुलुकहरुमा बीआरआई विस्तार गरिरहेको छ। योसँगै कतिपय देशहरु ऋणको पासोमा परेका छन् । चिनियाँ कम्पनीहरुले अफ्रीकी मुलुकमा चरम प्राकृतिक दोहन र श्रम शोषण गरेको र चीन सरकारले पनि विभिन्न परियोजनाका नाममा अफ्रीकी मुलुकहरुलाई धोका दिएको भन्दै चर्को आलोचना भइरहेको समयमा बेल्ट एन्ड रोड इनिसियटिभलाई अगाडि बढाएको हो।

नेपाल-भारत सीमामा प्रदर्शन गर्न २ करोड ५० लाखभन्दा बढी लगानी


अफ्रीकी मुलुकमा चीनले करिब १४५ अर्ब डलर ऋण लगानी गरेको छ। उक्त रकममध्ये करिब ८ अर्ब डलर अफ्रीकी मुलुकहरुले यही वर्ष भुक्तानी गर्नुपर्ने हुन्छ। सन् २०१८ मा चीनले अफ्रिकामा कुल विदेशी लगानीको करिब २८ प्रतिशत लगानी गरेका थियो। पछिल्लो समय उक्त लगानी बढ्दै गएको छ। चीनले ऋणको नाममा दिएको उक्त रकमको ब्याज पनि चर्को हुने गरेको छ।

करिब १८ वटा अफ्रिकी मुलुकहरुले चीनसँगको ऋणबारे पुनर्विचार गर्ने निर्णय गरेका छन्। यद्पि चीनले भने यसअघिको ऋणको पूर्ण भुक्तान हुनुपर्ने माग राख्दै आएको छ। चीनको ऋण जालो रणनीति भनेको सुरुमा लगानी गर्ने र पछि रकम भुक्तान गर्न नसक्ने गरी ताकेता गर्ने तथा ब्याज बढाउने र उक्त रकम भुक्तान नभएको भन्दै नियन्त्रण कायम गर्ने रणीनति हो।

चीनले यो रणनीतिलाई विभिन्न माध्यमबाट विश्वभरका विभिन्न मुलुकहरुमा अघि बढाइरहेको छ। पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिन पिङको महात्वाकांक्षी परियोजना बेल्ट एन्ड रोडका माध्यमबाट यो परियोजनालाई अघि बढाएको छ। यसअघि श्रीलंकामा लगानी गरेको अमेरिकाले त्यहाँको हाम्बनटोटा बन्दरगाह नै कब्जा गरेको छ। केन्या पनि रेल सेवा विस्तार गरेको चीनले उक्त रेल सेवाबाट हुने आम्दानी पूर्णरुपमा चिनियाँ कम्पनीहरुले नै उठाउने गरेको छ।

पाकिस्तानमा पनि चीन पाकिस्तन आर्थिक करिडोरका नाममा त्यहाँको भूभाग कब्जा गर्न थालेपछि पाकिस्तानको ग्वादरका स्थानीयहरुले विगत केही महिनादेखि आन्दोलन गरिरहेका छन्। उनीहरुले उक्त क्षेत्रमा परियोजना नै रद्द गर्नुपर्ने मागसमेत गरिरहेका छन्। हाल उक्त परियोजनाको निमार्ण कार्य नै रोकिएको छ। यसैगरी पछिल्लो समय चीनले यो रणनीतिलाई अफ्रिकी मुलुकहरुमा विस्तार गरिरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x