१३ मंसिर २०८३, शनिबार

बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिकमा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण

एसीपी संवाददाता

१५ माघ २०७८, शनिबार १५:५४ मा प्रकाशित

काठमाडौं । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम बढेको बेला खेलकुद प्रतियोगितामा सहभागीमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतियोगिताका लागि बुधबारसम्ममा १ हजार ६ सय ८२ जना बेइजिङ पुगेका छन् । तीमध्ये १ हजार ४२ जना खेलाडी छन् भने ६ सय ४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x