२ कार्तिक २०८३, आईतवार

भारतले युक्रेनबाट उद्धार गरिदिएपछि पाकिस्तानी नागरिकले दिए मोदीलाई धन्यवाद

एसीपी संवाददाता

२५ फाल्गुन २०७८, बुधबार ०६:३९ मा प्रकाशित

काठमाडौं । युक्रेनमा फसेका पाकिस्तानी नागरिकलाई भारतले उद्धार गरेको छ । एक पाकिस्तानी महिलाले उद्धारका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।

मोदीले पाकिस्तानसँग सम्बन्ध खराब भए पनि मानवीय नाताले छाती फराकिलो गरेर पाकिस्तानी नागरिकलाई युक्रेनबाट उद्धारमा सहयोग गरेका हुन् । युक्रेनबाट सुरक्षित उद्धार गरेकोमा ती महिलाले मोदीलाई धन्यवाद दिएकी हुन् ।

एक भिडियो जारी गर्दै अस्मा शरीफ नाम गरेकी पाकिस्तानी महिलाले युक्रेनको राजधानी किइभमा रहेको भारतीय दूतावाससहित भारतीय प्रधानमंत्री मोदीलाई धन्यवाद भनेकी छन् । मोदीको मद्दतले आज आफू सुरक्षित फर्किन पाएको उनले उल्लेख गरेकी छन् ।

अत्यन्तै खराब अवस्थाका बीच भारतीय अधिकारीले मद्दत गरेर उद्धार गरेकोमा उनले मोदीलाई धेरै धेरै धन्यवाद भनेकी छन् । अस्मालाई भारतीय अधिकारीले युद्धरत क्षेत्रबाट उद्धार गरेर बचाएका थिए । उनलाई सुरक्षित पश्चिमी युक्रेन पुर्याएर त्यहाँबाट स्वदेश फर्काइएको थियो ।

अस्मा जस्तै युक्रेनमा फसेका कैयन पाकिस्तानी नागरिकको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x