२३ जेष्ठ २०८३, शनिबार

उईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशन

एसीपी संवाददाता

२ चैत्र २०७८, बुधबार ०४:५७ मा प्रकाशित

काठमाडौं ।चीन सरकारले उइग्युर मुसलमान अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘चीनको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रको नागरिक मामिला ब्युरो’ ले उइग्युर अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको हो ।बिजिङको निर्देशनमा सिन्ज्याङ प्रान्तमा उईगर मुस्लिम माथी हुने नरसंहार बारे मौन किन पाकिस्तान भ्नदै मुस्लिम नागरिकहरुले बिरोध प्रदर्शन गर्दै आएका छ्न ।

चीनले यस्ता नीति ‘आतंक विरुद्धको युद्ध’ अन्तर्गत रहेको जनाउँदै आएको छ । यद्यपि चीन सरकारको यो कदम उइग्युर सँस्कृति र अल्पसङ्ख्यकलाई दमन गर्ने उद्देश्यले प्रेरित रहेको उइग्युर अभियन्ताहरूले जनाएका छन् । चीन सरकारले भन्ने गरेको आतंक विरुद्धको युद्ध खासमा उइग्युर विरुद्धको युद्ध रहेको अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युरका संस्थापक कसिमजान अब्दुरेइम बताउँछन् ।महिला युवतीहरुसँग चिनियाँ सैनिक यौन उत्पीडन देखि मानवअधिकार हनन विरुद्ध उईगरको पक्षमा बहस शुरु बेला धार्मिक कार्यक्रम माथी समेत प्रतिबन्धले चीनको कम्युनिस्ट सरकारको मानशिकता उजागर गरेको छ ।

चीन सरकारको सूचीमा परेका १६० संस्थाहरूमा अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युर, दोलान फार्मर पेन्टर्स एसोसिएसन, उइग्युर क्लासिकल लिटरेचर एन्ड मुकाम रिसर्च एसोसिएसन, इन्तिल ल्याङ्ग्वेज स्कूललगायत रहेको जनाइएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले समेत चीनमा हुने उईगर माथी अत्याचार , हिंसा बारे मौन रहेको भन्दै ईमरान सरकार विरुद्ध प्रदर्शन हुन थालेको छ ।

कसिमजानका अनुसार चीनको प्रतिबन्धित सूचीमा रहेका संस्थामध्ये अधिकांश उइग्युर मुसलमान आफैँले स्थापना गरेका छन् । उनका अनुसार सिन्जियाङ कम्युनिष्ट पार्टीका नयाँ सचिव मा सिङरुइले पनि चीन सरकारको उइग्युरलाई दमन गर्ने नीतिलाई जारी नै राखेका छन् ।

(युरोप सनबाट)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] नेपाल, चीन र कश्मीरका व्यापारीहरू १४ औं शताब्दीतिर तिब्बतमा बसोबास गर्न थालेका थिए। जब व्यापारीहरूले स्थानीय तिब्बती महिलाहरूसँग परिवार सुरु गर्छन्, तिनीहरू स्थायी रूपमा बस्न थाल्छन्। त्यतिबेला धेरै बौद्ध महिलाहरूले मुस्लिम व्यापारीहरूसँग विवाह गरेर इस्लाम धर्म परिवर्तन गरे। त्यहाँबाट तिब्बती मुस्लिमहरूको यात्रा सुरु भयो।             यो समाचार पनि पढ्नु होस                 उईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६०… […]

1
0
Would love your thoughts, please comment.x
()
x