चीनले नेपालाई ऋणको पासोमा थापेपछि गृहमन्त्रीले उठाए प्रश्न, कम्युनिस्टहरु बोल्न डराएका बेला खाणले सातो खाए
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणमा मध्यस्थता गर्नसक्ने खुबी छ । उनी सबैसँग कुरा गर्न सक्छन् । सम्बन्ध विग्रेला भनेर गलत कुरा भन्न डराउँदैनन् । किनभने गलत कुरा सच्याउने सामर्थ्य उनले राख्छन् ।
यसैक्रममा उनले नेपाललाई ऋणको पासोमा थाप्ने चिनियाँ चक्रब्युहमा प्रश्न उठाएका छन् । चिनियाँ लुटतन्त्रमा कम्युनिस्टहरु मौनता साधिरहेका बेला पदको पर्वाह नगरी खाणले राष्ट्रहितमा मुख खोलेका हुन् । उनले नेपाललाई ऋणको पासोमा पार्ने एक आयोजना पोखरा विमानस्थलको लागतमाथि प्रश्न उठाएका हुन् ।
चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा पोखरा क्षेत्रीय विमानस्थलको लागत अस्वभाविक भन्दै यसले नेपाली जनताको ढाड सेक्नेमा चिन्ता व्यक्त गरेका हुन् । चिनियाँ ऋणको मारमा जनता पर्ने भन्दै खाणले प्रश्न उठाएका हुन् ।
विश्व उपभोक्ता अधिकार दिवसको मञ्च उपयोग गर्दै खाणले पोखरा विमानस्थलमा कसरी चिनियाँ लुटतन्त्र छ भन्ने अर्को अन्तर्राष्ट्रिय विमानस्थलसँग तुलना गरेरै पुष्टि गरिदिए । उनले भैरहवा विमानस्थ भन्दा पोखरा विमानस्थलको लागत चर्को देखाएका हुन् । ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो (पोखरा) विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री खाँणले प्रश्न गरे ।
मुलुकको विकास आयोजनामा हुने लगानीबारे बहस हुनुपर्ने भन्दै गृहमन्त्री खाँणले भैरहवा र पोखरामा कम पूर्वाधारमा धेरै लगानी भएको बताए । ‘नेपाल सरकार र एशियाली विकास बैंकको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर मात्रै छ। त्यसको लागत २१ अर्ब किन ?’ गृहमन्त्री खाँणको प्रश्न थियो ।
खाणले विमानस्थल निर्माणमा पनि आफ्नै ठेकदार मात्रै रहन पाउने प्रावधान राखिएको पनि प्रश्न उठाए । यसरी चिनियाँ लुटतन्त्र हुनेगरी महंगो ब्याजमा ऋण ल्याउने कम्युनिस्टहरु अहिले विकास अनुदानमा आएको एमसीसीको विरोधमा लागेको भन्दै उनले भण्डाफोर गरे । उनको भनाइले चिनियाँ लगानी भन्दा एमसीसी निकै राम्रो र देश हितको आयोजना भएको स्पष्ट पारेको छ ।


